Widgets

Home » » हङकङमा उध्रेको चोलीको चर्तिकला

हङकङमा उध्रेको चोलीको चर्तिकला

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Indira

इन्दिरा जोशीले स्टेज तताउने खालका थुप्रै गीत गाएकी छन् । तर यीमध्ये पनि 'उध्रेको चोली...' दर्शकहरूलाई बुरुक-बुरुक उफार्न अनिवार्य खुराकझै बनेको छ पछिल्लोबेला । स्वदेश होस् वा विदेश यी सुन्दरी गायिका स्टेजमा चढे उक्त गीत नगाई धरै पाउँदिनन् । हङकङमा पनि यस्तै दोहोरियो । लाइभ ब्याण्डसहितको कन्सर्टमा वाद्यवादकहरूले गीतको धुन मात्र के घोलेका थिए, वानचाईस्थित भेलभेट बारका कुना काप्चामा च्यापिएकाहरू समेत सोरिएर नाच्दै स्टेज अघिल्तिर पुगे । यस गीतका शब्द, संगीत र स्वर युवाहरूका मन गलाउन काफी छन्, तर आइतबार रातीको माहौलमा कतिपय पाका समेत तन्नेरीलाई माथ गर्ने भेटिए । 'शान्ति र सदभावका लागि संगीत' नारासहित नेपाल क्लब द्वारा आयोजित कन्सर्टकी इन्दिरा एक्ली गायिका थिइन् । 'नाच्नका लागि सबैजना रेडी हुनुहुन्छ ?', झण्डै मध्यरात सुरु भएको कन्सर्टमा गायिकाले यसो भन्दै गलो खोलिन्, 'मामुली अनुहार...।' यिनले प्रश्न तेर्साउनुअघिनै दर्शकहरू नाच्नका लागि तयारी अवस्थामै थिए । तर पहिलो गीतमा सहभागीहरूले धक फुकाएर कम्मर मर्काइहाल्ने जागर चलाएनन् । त्यसपछिका 'माछी मार न...', 'जति माया लाए पनि', लगायतका रिमिक्स र 'चौबन्दी चोली...' भने दर्शकले अपेक्षा गरे अनुरुपै थिए । तर छिल्लिएर नाच्ने दर्शकको चाहना भने अन्तमा 'उध्रेको चोली...' ले मात्र पुरा गरिदियो । चलचित्र 'लुट' प्रर्दशन भएको करिब डेढ वर्ष वितिसक्दा समेत आइटम नम्बर 'उध्रेको चोली...' इन्दिराको ब्राण्ड झै बनेको छ । तर पछिल्लोसमय उनी यस्ता गीतमा चुँजी बनेको सुनाइन् । 'आइटम नम्बर सेल हुन्छ भनेर जे पायो त्यही टाइपका गीत बन्न लागे', कान्तिपुरसँगको कुराकानीमा उनी गम्भीर हुँदै बोलिन्, 'उध्रेको चोली आइटम मात्र नभएर सबै कुरा मिलेको कम्पिल्ट प्याकेज थियो ।' युरोपेली मुलुक स्पेन र पोर्चुगलबाट पहिलो विदेश यात्रा थालेकी यिनले झण्डै दुईदर्जन मुलुक भ्रमण गरिसकेको बताइन् । सधैंजस्तो व्यस्त रहने यी गायिका पछिल्लोसमय भने अलि फुर्सदिली रहिछन् । 'बर्खाको मौसम भएकाले यतिबेला महोत्सवहरू छैनन्, त्यसैले फुर्सदमा छु', उनले कारण खुलाइन् । खाली समय यिनले नयाँ गीत रेकर्डिङमा खर्चने गरेको सुनाइन् । कस्ता हुनेछन् आगामी गीत ? 'सामाजिक विसंगतिविरुद्धका गीतहरू फन्नी वे मा गर्दैछु', जिज्ञासामा उनी बोलिन्, 'दाइजो लिने सँग विहे गर्दिन्...', कल्याण सिंहले तयार पार्नु भएको गीत यसैमध्येको एक हो ।' 'अधिकांश युवाहरू विदेश जाने परिपाटी रहेका सन्दर्भमा पनि गीत बनाउँदैछु ।', उनले थपिन् । तेस्रोपटक हङकङ आएकी भएपनि यसअघि उनलाई पर्यटकीय थलोहरूका भ्रमण गर्ने अवसर जुरेको रहेछन् । 'यसपटक फ्लाइटका कारण शनिबारसम्मको बसाई हुने भएकाले घुम्ने योजना बनाएकी छु', उनी फुर्किदै बोलिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger