भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निर्देशकलाई फिल्मको क्याप्टेन भनिन्छ। किनभने निर्देशकबिना फिल्मअघि बढ्दै सक्दैन। तर, एउटा फिल्मको १० प्रतिशत सुटिङ निर्देशकबिना नै सकिएको छ। कुरा फिल्म 'आधी बाटो'को हो। निर्देशक सविर श्रेष्ठलाई बेलायतले भिसा नदिएपछि त्यहाँ खिच्ने भनिएको फिल्मको केही भाग उनीबिनै सुटिङ सकिएको छ।
बेलायतका विभिन्न भूभागमा केही दृश्य खिचिनुका साथै त्यहाँको समुद्रीतटमा एउटा आइटम गीत पनि सुटिङ भएको छ। अभिनेत्री जेनिसा केसीले उत्तेजक भावभंगीमा समुद्री तटमा कम्मर मर्काएकी हुन्। पारदर्शी पहिरनमा उनले उक्त गीतमा नृत्य गरेको बताइएको छ। फोटोग्राफर कुशल श्रेष्ठले उक्त दृश्यलाई क्यामेरामा कैद गर्नुका साथै निर्देशनमा सहयोगी भूमिका निर्वाह गरेका हुन्। फिल्ममा सविन श्रेष्ठ, रुबी राणा, यशकुमार लगायतले अभिनय गरेका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.