Widgets

Home » » गुगल ट्याब नेक्सस ७ कस्तो छ?

गुगल ट्याब नेक्सस ७ कस्तो छ?

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गुगल ट्याब नेक्सस ७ कस्तो छ?
गुगलले ट्याब्लेट नेक्सस ७ को नयाँ संस्करण आएको गरेका छ। यो बिना तर नै चार्ज गर्न सकिन्छ। सनफ्रान्ससिस्कोमा एक कार्यक्रम बीच लन्च गरिएको ट्याब वेलायत लगायतका अन्य स्थानमा भने यो क्रिसमस अगाडि मात्र पुग्नेछ। नेक्सस ७ आफ्ना पहिलाका ट्याब्लेट भन्दा स्लिम र हलुका रहेको छ भने इन्टरनेटको लागि फोजी पनि चलाउन सकिनेछ। कस्तो छ नेक्सस ७? यो गूगल एन्ड्रोइडको जेलिबिन ४.३ भर्सन चल्ने पहिलो ट्याब्लेट पनि हो। लन्च कार्यक्रमको अवसरमा गूगल एन्ड्रोइड प्रोडक्टका उपाध्यक्ष हूगो बार्राले पहिलो जेनेरेशनको ट्याब्लेटमा महत्वपूर्ण अपडेट गरेको बताए। यसमा स्क्रिन रेज्यूलेशनको बढाइएको छ भने पिक्सल दुइ गुना भन्दा बढी पुर्‍याइएको छ। ३२३ पिक्सल प्रति इन्चको रेज्यूलेशन रहेको यो ट्याब्लेट विश्वमा सबैभन्दा बढी रेज्यूलेशन स्क्रिन भएको ट्याब्लेट हुने गुगलको दाबी छ। ट्याब्लेटमा ५ मेगापिक्सलको मुख्य क्यामरा तथा १.२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। अमेरिकामा १६ जीबी ट्याब्लेटको मूल्य २२९ डलर छ भने ३२ जीबीको मूल्य २६९ डलर रहेको छ। नयाँ नेक्सस ट्याब्लेटको ब्याट्री पनि लामो समय चल्ने बताइएको छ। गुगलका अनुसार यो ट्याब्लेटलाई एकपटक चार्ज गरे पछि ९ घण्टासम्म भिडियो हेर्न तथा १० घण्टासम्म इन्टरनेट ब्राउज गर्न सकिने बताइएको छ। जेलिबिन भर्सन ४.३ मा बालबालिकाहरुलाई एप्लीकेशन डाउनलोड गर्नबाट रोक्ने विकल्प पनि राखिएको छ। सात इन्च हाइ डेफिनिशन स्क्रिनको यो ट्याब्लेटमा भर्चुअल सराउण्ड साउण्ड दिने स्पीकर पनि छ। अमेरिकी बजारमा ट्याब्लेटको वाई–फाई भर्सन ३० जुलाईमा उपलब्ध हुनेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger