Widgets

Home » » राज्य र माओवादी दुबै मुठभेडको तयारीमा उत्रिए वैद्यपक्ष चुनाव गर्नै नदिने, सरकार जसरी पनि गर्ने

राज्य र माओवादी दुबै मुठभेडको तयारीमा उत्रिए वैद्यपक्ष चुनाव गर्नै नदिने, सरकार जसरी पनि गर्ने

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० असार, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले पोखराबाट चुनाव बहिस्कारको निर्णय सार्वजनिक गर्नासाथ सरकारले पनि बहिस्कारवादीलाई दबाएरै भए पनि चुनाव सफल पार्ने नीति अख्तियार गरेको छ । साथै गृह मन्त्रालयमा बसेको सुरक्षा अंगका प्रमुखहरुको बैठकले वैद्य समूहले निर्वाचन बिथोल्न नसक्ने निश्कर्ष निकालेको छ । सरकार र माओवादी दुबैपक्षको अडान र तयारीलाई हेर्दा नेपाली राजनीतिमा अबको केही महिना मुठभेडको स्थिति देखापर्न थालेको छ । पोखरामा हालै सम्पन्न माओवादी बैठकले मंसिर ४ को निर्वाचनलाई जसरी पनि बिथोल्ने र यसका लागि आवश्यक परे फौजी दस्तासमेत बनाउने निर्णय गरेको छ । आफूहरुलाई दबाएर चुनावमा जाने कार्य भएमा वैद्य माओवादीकै शब्दमा ‘आत्मसमर्पण नगर्ने बरु जनयुद्धमा र्फकने’ निर्णय छ । देशव्यापीरुपमा वैद्य माओवादीको संगठन खासै बलियो नभएकाले उसलाई दबाएरै भए पनि निर्वाचनमा जान सकिने सरकारी सुरक्षा अंग एवं प्रमुख राजनीतिक दलहरुको दाबी छ । प्रमुख दलका नेताहरुले वैद्यद्वारा लिइएको निर्वाचन बहिस्कारको नीति उसैका लागि आत्मघाती हुने बताएका छन् । तर, वैद्य पक्षका नेताले चाहिँ आफूहरुले मात्रै नभएर अन्य शक्तिले पनि मंसिरको चुनाव नचाहेकाले सरकारले आफूहरुलाई दबाएर चुनाव गर्न नसक्ने दाबी गरेको छ । सरकार र माओवादी दुबैतिरको अडान र तयारीले आशन्न मुठभेडको स्पष्ट संकेत गरेको छ । कसले जित्ला ? रेग्मी सरकार गठन भएको चार महिनासम्म वैद्य नेतृत्वको ३३ दललाई सरकारले पटक-पटक वार्तामा बोलाएको हो । तर, सरकारको भगिरथ प्रयासका बावजुद पनि वैद्यपक्ष वार्तामा बस्न मानेन । सरकारमा आफ्नो तर्फबाट केही मन्त्रालयहरु दिने र चार दलीय संयन्त्रमा वैद्यलाई समेत राख्ने चार दलका नेताले आश्वासन दिए पनि वैद्यपक्षले त्यसलाई स्वीकार गरेन । यो अवस्थामा रेग्मी सरकारलाई नै अबैधानिक भन्दै उसले गराउने चुनावमा वैद्य माओवादी आफैंले भाग नलिने निर्णय गरेको हो । तर, उसले चुनावमा भाग नलिनेमात्रै भनेको छैन, चुनावै हुन नदिनेगरी बिथोल्ने निर्णय गर्न पुगेको छ । राज्यपक्ष पनि निर्वाचन नगराई बस्न सक्ने अवस्थामा छैन । मुलुकको संक्रमणकाललाई अन्त्य गर्नै र देशलाई संवैधानिक लिकमा ल्याउन कुनै हालतमा चुनाव सफल पार्नुपर्ने दायित्व रेग्मी सरकारको काँधमा छ । यो अवस्थामा वैद्यपक्षले चुनाव हुन नदिँदैमा राज्य वैद्य माओवादीको निर्णयको बन्दी भएर बस्न सक्ने वा चुनाव नगरी देश अघि बढ्न सक्ने अवस्था छैन । यो स्थितिमा रेग्मी सरकारसँग दुर्यवटा विकल्पमात्रै बाँकी छन्, या त वैद्यले भनेजस्तै रेग्मीले सरकार छाड्नु र गोलमेच सम्मेलनबाट राष्ट्रिय सरकार बन्ने बाटो खोलिदिनु, या त वैद्यलाई पेलेर, दबाएर भए पनि संविधानसभाको चुनाव सफल गराई छाड्नु । यो स्थितिमा मुलुक मुठभेडतर्फ त जाने नै भयो, तर कसले जित्ला र कसले हार्ला ? अहिल्यै केही भनिहाल्न सकिँदैन । ०४८ मा नेकपा मसालले र ०५१ पछि माओवादीले सक्रिय बहिस्कार गर्दा पनि देशमा चुनाव भएका उदाहरण छन् । तर, माओवादीको शक्ति सानो छ भन्दै त्यसलाई कमजोर आँक्दा र दबाएरै सबै समस्या समाधान गर्न खोज्दा नदबिएको अनुभव पनि हामीसँग छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger