Widgets

Home » » ३ लाख राहदानी एकैपटक अबैध हुने

३ लाख राहदानी एकैपटक अबैध हुने

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ असार, काठमाण्डौं । पर्याप्त राहदानी जारी गर्न नसक्ने परराष्ट्र मन्त्रालयको अवस्थाका कारण डेढ बर्षभित्र एकै पटक लाखौं नेपालीको राहदानी अवैध हुने भएको छ । विदेशमा रहेका नेपालीहरु राहदानीकै कारण अवैध हुनेछन् भन् नेपालीहरु विदेश जान नपाउने स्थिति आउने छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधान अनुसार २०१५ नोभेम्बर २४ पछि पुरानो हस्तलिखित राहदानी संसारभर अवैध हुनेछ । त्यसबेलासम्म विदेशमा बस्ने नेपालीले हस्तलिखित राहदानी फेर्न सकेनन भने उनीहरुसँग स्वदेश र्फकनु वा विदेशमै अवैध बसोबास गर्नुको विकल्प हुँदैन् । देशभित्र पनि राहदानी लिन महिनौं कुनुपर्ने हुनेछ । अहिले राहदानी विभागले मुस्किलले प्रति महिना करिब ५२ हजार राहदानी वितरण गर्दे आएको मंगलबार प्रकाशित नागरिक दैनिकमा खबर छ । एमआरपी जारी भएयता अढाइ बर्षमा विभागले करिब १० लाख राहदानी मात्रै जारी गर्न सकेको छ । तर २०१५ मे महिनामा दैनिक माग सहित त्यसबेला काम नलाग्ने हुने थप करिब २५ लाख हस्तलिखित राहदानीलाई एमआरपीमा बदल्नुपर्ने हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger