Widgets

Home » » सूर्यबहादुर थापाका छोरा भन्छन्- अब गगन थापाहरुसँग मिल्नुपर्छ

सूर्यबहादुर थापाका छोरा भन्छन्- अब गगन थापाहरुसँग मिल्नुपर्छ

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

'कांग्रेस नेताविहीन, एमाले दन्तेकथा जस्तो, एमाओवादी अल्ट्रा' 

२१ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सुनील थापाले अब नेपालको उन्नतिका लागि कांग्रेसका गगन थापा, एमालेका योगेश भट्टराई, गोकर्ण विष्टलगायत राम्रा युवाहरु मिलेर स्पष्ट भिजनका साथ ‘अन्तरपार्टी सम्बन्ध’ बनाउनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
‘कांग्रेसका गगन थापा, एमालेका योगेश भट्टराई, गोकर्ण विष्टहरु र अरु पार्टीमा पनि नाम नसुनेका धेरै छन् ।’- थापाले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’अबको नेपाल बनाउने हो भने दुईवटा लेयर(तह)ले जानुपर्छ । एउटा, पार्टीगत आफ्नो र अर्को साझा दृष्टिकोणसहित राम्रा मान्छेहरुको अन्तरपार्टी सम्बन्ध बनाउन जरुरी छ ।’ संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगमा २२ वर्षसम्म विभिन्न ११ देशमा काम गरेर नेपाली राजनीतिमा फर्कनुभएका  थापाको अन्तरपार्टी संयन्त्र सम्बन्धी अवधारणाबारे उहाँकै शब्दमा :sunil-thapa
नेपालमा अब एउटा पार्टीमा भन्दा पनि अन्तरपार्टी न्युनतम साझा कार्यक्रमका आधारमा हिँड्नुपर्छ, जहाँ ‘लाइक माइन्डेट पिपुल’ एक ठाउँमा आउनुपर्छ । गठवन्धन संस्कार हो यो । राप्रपा, नेपाली कांग्रेस, एमाले र केही हदसम्म एमाओवादीमा पनि यस्ता योङ जेनेरेसन छन् । ‘लाइक माइन्डेट पिपुल वीथ कमन भिजन’ एक ठाउँमा बस्न सक्यौं भने धेरै कुरा हात पार्न सक्छौं ।
अमेरिकामा क्लिन्टनको दोस्रो कार्यकालमा हाउसमा बहुमत भए पनि उनले बाइपार्टीज्म गभन्र्मेन्ट राखेे । किनभने बाइपार्टीज्म गर्नासाथ धेरै हल्लाखल्ला पनि हुँदैन । भोलि बिगि्रए पनि, सपि्रए पनि सबै सँगै जान सकिन्छ । नेपालमा पनि त्यो परिस्थिति आइसक्यो ।गगन थापा, योगेश भट्टराई, गोकर्ण विष्टहरु, हाम्रा पार्टीमा पनि नाम नसुनेका धेरै छन् । हेर्नुस, अबको नेपाल बनाउने हो भने दुईवटा लेयरले जानुपर्छ । एउटा पार्टीगत आफ्नो र अर्को लाइक माइन्डेट पिपुल वीथ कमन भिजनको इन्ट्रा पार्टी रिलेशन ।
हिजो हामी राजनीतिक हिसाबमा मात्रै अघि बढ्यौं । किनभने एउटा पार्टीविरुद्ध अर्को पार्टी लडेका थिए । माओवादीलाई खतम गर्न सबैजना मिलरे जाउँ भन्ने भयो । तर, हामी प्वाइन्टलेस, कमनलेस र सेन्सलेस भयौ ।
हिजो माधव नेपालको सरकार हुँदा उहाँले धेरै पहल कदमी लिन सक्नुहुन्थ्यो । तर, साँचै भन्ने हो भने उहाँका पालामा राजनीतिक उपलब्धी शुन्य भयो । त्यतिखेर उहाँलाई धेरैले भनेका थिए, हामीले पनि भनेका थियौं कि केन्द्रको गठबन्धनलाई जिल्ला-जिल्ला पनि लिएर जानुस् । तर, उहाँले गर्न सक्नुभएन । किनभने त्यतिखेर उहाँको र सबैको के ध्येय थियो भने माओवादीलाई खत्तम गर, सरकारमा बस । भिजन थिएन । कमन मिनिमम प्रोग्राम थिएन । त्यसबेला उहाँले गर्न सकेको भए यतिबेलासम्म राजनीतिक रुपमा माओवादी धेरै पाखा लागिसक्थ्यो । त्यसबेला गल्ती भो । त्यसैले अब प्रयास गर्नुपर्छ । र, एजेण्डासहितको इन्ट्रा पार्टी रिलेशन बनाउन सक्यो भने राम्रो हुन्छ ।
हुन त त्यसबेला पनि इन्ट्रा पार्टी रिलेसन त बनेको थियो । तर, त्यसले झण्डै समस्या ल्याएको । जनजातिहरुको ककस त बन्यो तर, जातीयमा गयो । त्यो गलत थियो । त्यही ककसमा पनि अर्को किसिमले गएको भए ठूलो दबाव हुन्थ्यो । दुई सयजना युवाहरु आएर अब यो भिजनले चल्नुपर्छ भनेको भए कसले नाई भन्न सक्नु ? अब हामीले संयुक्तरुपमा जानुपर्छ । सरकार ढाल्न र बनाउन मात्र हैन ।
सुनीलका नजरमा चार दल
राप्रपा नेता थापाले कांग्रेस, एमाले, एमाओवादी लगायतका दलहरुबारे यसरी विश्लेषण गर्नुभएको छ-
नेपाली कांग्रेस- आफूलाई नेपाली कांग्रेस सोसलिष्ट भन्छ । सोसलिष्ट भन्नेवित्तिकै एक प्रकारको साम्यवाद हो । तर, उसले साम्यवादको मूल्य मान्यता धेरै पहिलादेखि छोडिसकेको छ । आज त्यो पार्टी दुर्भाग्यवस के भयो भने स्ट्रोङ्ग क्याडरबेस पार्टी भन्दा पनि लिडर लेस (नेताविहीन) पार्टी भइदियो । आज कांग्रेसले आफ्नै कार्यकर्तालाई बाटो देखाउन सकेको छैन ।
एमाले- उनीहरुले राखेको अवधारणा, उद्देश्य र सिद्धान्त मलाई त्यति सहज लाग्दैन । २०४६ सालको परिर्वतनपछि उनीहरुले अघि सारेको सिद्धान्त मलाई कता-कता दन्तेकथा जस्तो लाग्न थाल्यो । राति सुत्दा, सुन्दा मीठो सिर्जनाजस्तो हुने, अनि बिहान उठ्दा त जस्ताको त्यस्तै रियालिटीमा आउनु पर्ने । अहिले हामी भन्छौं नि, माओवादीले सपना बाँड्यो भन्या जस्तै हो ।
एमाओवादी- यो पार्टीसँग राजनीतिक रुपमा हाम्रो मेल खाँदैन । राम्रो शब्दमा भन्ने हो भने उ एउटा राज्यविरुद्ध विद्रोह गरेर आएको अल्ट्रा लेफ्टिस्ट पार्टी हो । एक्स्िट्रम लेफ्टमा गएको पार्टी, जसले जनताको हितका लागि भन्दै सर्वसत्तावाद लाद्न सक्छ । जनताका लागि गरेको हो भने यो चार वर्षमा के-के गर्‍यो हामीले देखेकै हो । प्रचण्ड बसेको सर्वहारा नेताको घर भनेर सञ्चार माध्यममा आएकै हो ।
राप्रपा नेपाल- कमल थापाको इतिहासलाई राम्रोसँग केलाएर हेर्नु भो भने पञ्चायत अन्त्य हुनुको मुख्य कारण नै समयलाई नचिन्नु हो । जनतालाई परिर्वतनको कुरा गरेर सुधारिएको पञ्चायत लागु गर्छु भनेर फेरि यू टर्न गरेर पुरानै व्यवस्थामा गयो । त्यो व्यवस्थाले समयलाई चिनेन, जनताको भावना बुझेन, त्यसैले जनताले पञ्चायत नै फालिदिए । ०६३ सालमा राजाले समयलाई नचिनेको हुनाले उनले आफ्नो संस्थालाई सुसाइड प्रोसेसमा राखे । र, राजतन्त्रले आफैं सुसाइड गर्‍यो । १२ बुँदेमा कहीँ गणतन्त्र भनिएको थिएन । तर, जनताको आन्दोलन उत्कर्षमा पुगेपछि गणतन्त्र पनि एजेण्डा बन्यो । गणतन्त्र नेताबाट आएको हैन, जनताबाट आएको हो । समयले गणतन्त्रलाई ल्याएको हुनाले हामी पनि समयसँगै हिँड्नुपर्‍यो नि । अब देशै गणतन्त्रमय भएपछि राजतन्त्रको स्थान छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger