भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राष्ट्रिय योजना आयोगले ०७० सालदेखि ०७३ सम्मका लागि त्रिवर्षीय योजनाको महत्वाकांक्षी आधारपत्रको मस्यौदा राष्ट्रिय विकास परिषद्को बैठकमा प्रस्तुत गरेको छ । परिषदको दुई दिने बैठक याक एण्ड यति होटलमा शुक्रबार शुरु भएको छ ।
१० वर्षभित्र नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उकास्ने महत्वाकांक्षासहित आयोगद्वारा प्रस्तावित त्रिवर्षीय आधारपत्रबमोजिम लक्ष प्राप्त हुने हो भने आगामी ३ वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतबाट बढेर ६ प्रतिशत पुग्नेछ भने जनसंख्या वृद्धिदर चाहिँ तीन वर्षमा अहिलेकै जस्तो यथावत रहने छ । हाल ७ सय ५८ मेघावाट बिजुली रहेको नेपालमा तीन वर्षपछि झण्डै दोब्बर अर्थात् १४ सय २६ मेघावाट पुग्नेछ । प्रस्तावित आधारपत्रमा दाबी गरिएअनुसार अबको तीन वर्षमा नेपालको अवस्था यस्तो हुनेछ :
-आगामी ३ वर्षमा नेपालको वाषिर्क औसत आर्थिक वृद्धिदर ३.६ प्रतिशतबाट ६ प्रतिशतमा पुग्नेछ भने कृषिक्षेत्रको वाषिर्क औसत वृद्धिदर १.३ प्रतिशतबाट बढेर ४.५ प्रतिशत पुग्ने छ ।
-नेपालीको अहिलेको औषत आयु ६९.१ वर्ष छ भने ०७३ सालमा नेपालीको औसत आयु ७१ वर्षको हुनेछ । त्यस्तै प्रति १ लाखजनामा अहिले मातृ मृत्युदर २ सय २९ जना छन् भने तीन वर्षपछि घटेर १ सय ३४ पुग्ने छ । अहिले जनसंख्या वृद्धि दर १. ३५ प्रतिशत रहेकोमा ३ वर्षपछि पनि यति नै कायम रहने छ ।
-नेपालमा टेलीफोन र मोवाइल प्रति १ सय घनत्वमा ७१.५ प्रतिशत प्रयोगमा आइरहेकोमा ३ वर्षपछि सत प्रतिशत पुग्ने आयोगको आधारपत्रमा उल्लेख छ । त्यस्तै ९५.३ प्रतिशतमा रहेको प्राथमिक तहको विद्यार्थी भर्नादरलाई पनि सत प्रतिशत पुर्याइने लक्ष लिइएको छ ।
-आगामी ३ वर्षमा ३ हजार किलोमिटर सडक विस्तार गरिने लक्ष लिइएको छ । हाल २५ हजार ७ सय ४८ किमी सडक रहेकोमा २८ हजार ७ सय ४८ किमी बनाइने आधारपत्रमा उल्लेख छ । हाल रहेको ३९.६ प्रतिशत वन जंगलले ढाकेको क्षेत्रलाई ३ वर्षमा ४० प्रतिशत बनाइने बताइएको छ ।
-बिजुलीको पहुँच पुगेका जनताको प्रतिशत ६७.३ बाट बढाएर ८७ प्रतिशत पुर्याउने दाबी गरिएको छ । १३ लाख हेक्टरमा पुगेको सिंचाइलाई १४ लाख बनाइने सरकारको दाबी छ ।
- ७३ जिल्लामा जोडिएको सडक यातायातलाई ७५ वटै जिल्लामा पुर्याउने लक्ष लिइएको छ । ६२ प्रतिशत जनतामा मात्रै पुगेको सरसफाइको योजनालाई ९५.५ प्रतिशतमा पुर्याइने भएको छ । त्यस्तै खानेपानीको सेवा ८५ प्रतिशतबाट बढाएर ९६.२५ प्रतिशत जनतामा पुर्याइने लक्ष लिइएको छ ।
- विगत ४ वर्षयता स्थिर रहेको २.९ प्रतिशतको रोजगारी वृद्धि दरलाई ०७३ सालमा ३.२ प्रतिशतमा बढाइने लक्ष लिइएको छ ।
विगतको उल्टो परिणाम
विगतमा पनि त्रिवर्षीय योजनावधिमा महत्वाकांक्षी लक्ष नलिइउको होइन । तर, परिणाम भने ऋणात्मक हुन पुग्यो । जस्तो ०६६/०६७ मा ४.३ प्रतिशत रहेको आर्थिक वृद्धिदर ०६९/०७० मा ३.६ प्रतिशतमा झरेको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ०६८/०६९ मा ५ प्रतिशत पुगेकोमा ०६९/०७० मा ३.६ मा झरेको छ । आयोगले आफ्नो प्रस्तावित आधारपत्रको मस्यौदामा भनेको छ-’अनुकूल मौसम र अन्य कारण अपेक्षित लक्ष्य हासिल भए पनि अन्तिम वर्ष देखिएको रासायनिक मलको अभाव, मौसमको प्रतिकूलता र समयमै पूर्ण वजेट आउन नसक्नु एवं गैरकृषि क्षेत्रतर्फ वित्तीय मध्यस्थता, उद्योग तथा खानी, विद्युत, ग्यास र पानीको वृद्धिदर न्यून र निर्माण क्षेत्रमा भएको ऋणात्मक वृद्धिले लक्ष्य हासिल हुन सकेन ।’
हेर्नुहोस् विगतको त्रिवर्षीय परिणाम
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.