भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ असार, काठमाडौं । नेपाली सेनामा समायोजित पूर्वमाओवादी लडाकुहरुको आधार तालिम सम्पन्न भएको छ । सैन्य समायोजन आधार तालिमअन्तर्गत विभिन्न ८ वटा तालिम केन्द्रमा तालिमरत सैन्यहरुको शुक्रबार एक विशेष समारोहका बीच अन्तिम दलेल कवाज सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार समायोजित पूर्वमाओवादी लडाकुमध्ये १३ सय ५२ जनाले तालिम सम्पन्न गरेका छन् । नेपाली सेनामा तालिमरत सैन्यहरु मध्ये सैन्य तालिम केन्द्र त्रिशुलीमा ४ सय ७९ जना, एकीकृत सैनिक तालिम केन्द्र सालझण्डीमा १ सय ९१ जना, पूर्वी पृतना तालिम शिक्षालय इटहरीमा ८० जना, पश्चिम पृतना तालिम शिक्षालय खैरेनीटारमा ८५ जनाले तालिम लिएका थिए ।
त्यस्तै मध्यपश्चिम पृतना तालिम शिक्षालय नेपालगञ्जमा ८६ जना, नं.२ सैन्य तालिम गुल्म हिलेमा १ सय ७३ जना, नं.४ सैन्य तालिम गुल्म सुर्खेतमा ८७ जना र नं.५ सैन्य तालिम गुल्ममा १ सय ७१ जना गरी जम्मा १३ सय ५२ सैन्यहरुले तालिम लिएका छन् ।
सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत तहमा तालिमरत ७० जनाको तालिम भने आगामी भाद्र महिनामा सम्पन्न हुने कार्यक्रम सेनाद्वारा जनाइएको छ । तालिमरत पूर्व माओवादी लडाकुहरु मध्ये तालिम शुरु हुनुपूर्व १६ जना स्वेच्छिक अवकाशमा गएका थिए भने तालिमको दौरान विविध कारणबाट १३ जनाले स्वेच्छिक अवकाश रोजेका थिए । त्यस्तै अधिकृत तहमा तालिमरत १ जना, मेडिकल अनफिट भएका ३ जना र तालिम छाडी भगैर परेका ५ जना गरी ३८ जना तालिमबाट बाहिरिएको सेनाको तथ्यांकमा उल्लेख छ ।
समायोजन तालिम पूरा गरेका मध्ये सिपाही दर्जा निर्धारण भएकाहरु सम्बन्धित युनिटमा हाजिर हुन जानेछन् भने हाजिर भए पश्चात ३ महिनाको दर्जा विशेष तालिम सञ्चालन गरिने जनाइएको छ । जसमध्ये प्युठ र अमल्दारको हकमा नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड-३ को ६ हप्ताको बि्रजिङ्ग तालिम समापन पश्चात सम्बन्धित दर्जाको दज्यार्नी चिन्ह प्रदान गरी तत्पश्चात निर्देशनालयको भूमिका, जिम्मेवारी र पेशागत ज्ञान सम्वन्धी थप ६ हप्ताको तालिम दिई कार्यक्षेत्रमा पठाइने छ नेपाली सेनाले बताएको छ ।
समायोजित सैन्यहरुमध्ये हुद्दादेखि पदिकसम्मको हकमा नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड-३ र गे्रड-२अन्तर्गत ६/६ हप्ता गरी जम्मा १२ हप्ताको तालिम पुरा गरेपछि सम्बन्धितलाई दज्र्यानी चिन्ह प्रदान र तत्पश्चात सम्बन्धित निर्देशनालयको भूमिका र जिम्मेवारीसम्बन्धी २ हप्ताको तालिम दिई कार्यक्षेत्रमा परिचालन गरिने नेपाली सेनाले स्पष्ट पारेको छ ।
समायोजन रोजेका लडाकुहरुलाई नेपाली सेनाको एक कर्मठ, योग्य, अनुशासित र पेशेवर सिपाहीको रुपमा स्थापित गर्न यस तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘हामी सवै नेपाली र नेपाली सेना सबै नेपालीको भन्ने भावनात्मक सम्वन्ध र यर्थाथलाई मूर्तरुपमा प्रमाणित गर्दै विगत द्वन्द्वको सकारात्मक निष्कर्षका खातिर नेपाली सेनाले शान्ति प्रकृयाको रुपमा यस समायोजन र समायोजित लडाकुहरुलाई तालिम प्रदान गरी राष्ट्रिय सेनाको एक कर्मठ, अनुशासित, निष्पक्ष गैर राजनैतिक र पेशेवर सैनिक सदस्यको रुपमा स्थापित भएको विश्वास नेपाली सेनाले लिएको छ ।’- सेनाले विज्ञप्तिमा भनेको छ ।
अन्तरिम संविधानको धारा १४६ अनुसार गठित विशेष समितिले सिफारिस गरे बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६९ फाल्गुन ३० को निर्णय बमोजिम नेपाली सेनामा पूर्वमाओवादी लडाकुहरु मध्ये ७१ जना अधिकृत नेपाली सैनिक प्रतिष्ठानमा र बाँकी १ हजार ३ सय ७३ पदिक तथा अन्य दर्जामा समायोजित हुने सैन्यहरु नेपाली सेनाको विभिन्न ८ तालिम केन्द्रहरुमा तालिमरत थिए । शुक्रबार सैन्य तालिम केन्द्र त्रिशुलीमा भएको अन्तिम दलेल कवाजको निरीक्षण सैनिक विनय महा-निर्देशक उपरथी भिक्टर ज.ब.रा.ले गर्नुभएको छ भने अन्य ब्यारेकहरुमा सम्बन्धित पृतनापति र बाहिनीपतिहरुले निरीक्षण गर्नुभएको छ । अन्तिम कवाज समारोहमा स्थानिय सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, सैनिक अधिकृतहरु, स्थानिय बुद्धिजिबी, नागरिक समाजका प्रतिनिधिहरु एवं पत्रकार लगायत तालिमे शिक्षार्थीहरुका आफन्तजनहरुको समेत उपस्थिति थियो ।
आधार तालिम सकेका लडाकूहरको दर्जा मिलान ‘माओवादी सेनाका लडाकुहरुको समायोजन सम्बन्धी कार्यविधि २०६९’ अनुसार हुने बताइएको छ । दर्जा मिलानपछि सकल दर्जाको नियुक्ति तथा पदोन्नति प्रचलित ‘सैनिक ऐन २०६३’, ‘सैनिक नियमावली २०६९’ र ‘सामान्य सिद्धान्त २०६४’ बमोजिम हुनेछ नेपाली सेनाले स्पष्ट पारेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.