Widgets

Home » » दुध पिउनुका ६ फाइदा

दुध पिउनुका ६ फाइदा

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गाइभैँसीको दुध पोषिलो हुन्छ । गाउँघरतिर गाइभैँसीको दुध बिहान बेलुकाको खानासँगै खानु दिनचर्या नै हो । तर सहरतिर भने खानासँगै दुध खाने मान्छे कमै हुन्छन् । गाउँबाट सहरमा आएर काम गरेर पेट पाल्नेहरुसँग दैनिक दुध किनेर खाने आर्थिक हैसियत पनि हुँदैन भने सहरका धेरै रैथानेहरुमा पनि दुध पिउनमा उतिसारो रुची देखिँदैन ।
milk

यसका विभिन्न कारण हुनसक्छन् । तथापि हैसियतले भ्याएसम्म गाइभैँसीको दुध खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । वजन नियन्त्रण गर्न चाहनेहरुका लागि दुध निकै लाभदायक हुन्छ । दुधमा भिटामिन तथा अन्य पोषक तत्व पर्याप्त पाइने भएकाले यो मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दुध खानुका फाइदा यस्ता छन् :
नियमित रुपमा दुध पिउनाले सरीरको छालामा चमक आउँछ । छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् । दुधले अनुहार धुनाले अनुहारको छाला गोरो र चम्किलो हुने सौन्दर्य विज्ञहरु बताउँछन् ।
दुध भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्वका साथै क्याल्सियम लवणको पनि राम्रो श्रोत हो । दुधको नियमित भोजनले मानव सरीरका हड्डी तथा दाँत मजबुत हुन्छन् ।
नियमित कडा व्यायाम गर्ने वा जिमखाना धाउनेहरुका लागि दिनको दुइ गिलास दुध पिउनु निकै लाभदायक हुन्छ । यसले व्यायाममा गुमेको उर्जा पुनःभरण गरिदिन्छ र मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ ।
एक अध्ययनले नियमित रुपमा दुध पिउने मानिसहरु वजन नियन्त्रणमा सफल हुने देखाएको छ । आफ्नो भोजनमा नियमित रुपमा दुध सामेल गर्नेहरु वजन सन्तुलनमा सक्षम हुने बताइन्छ । दुधले सरीरमा उर्जाको आपूर्ति सहजै गर्ने भएकाले मानिसलाई बढि खानाको आवश्यकता पर्दैन जसका कारण उसको वजन बढ्ने डर हुँदैन ।
दुधलाई तनाव निवारक पनि भनिन्छ । यदि तपाइँलाई तनावले सताएको छ भने एक गिलास मनतातो दुध पिउनुहोस् । तपाइँको दिमाग ठण्डा हुनेछ अनि सरीरमा स्फूर्ति बढ्नेछ ।
दुधको नियमित भोजनले आँखाको दृष्टि क्षमता मजबुत पार्नुका साथै कलेजोलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । एजेन्सी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger