Widgets

Home » » अधिकारी दम्पतीलाई सरकारद्वारा अस्पताल भर्ना खिलराजले भने,'सक्दो सहयोग गर्छु'

अधिकारी दम्पतीलाई सरकारद्वारा अस्पताल भर्ना खिलराजले भने,'सक्दो सहयोग गर्छु'

Written By sangalo on Wednesday, July 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Khilraj

काठमाडौ, श्रावण १७ - छोराको हत्यारालाई कारबाही हुनु पर्ने माग राखी आमरण अनसनमा बस्दै आएको नवौं दिन गोरखा फुजेल गाउँका नन्दप्रसाद अधिकारी र उनकी पत्नीलाई सरकारले बुधबार वीर अस्पताल लगेर भर्ना गरेको छ । पानीसमेत नखाई वालुवाटारछेउ अनसनमा बसेका उनीहरुको स्वास्थ्य स्थिति गम्भीर भएपछि दिउँसो प्रहरीले बोकेर अस्पताल लगेको छोरा नुरप्रसाद अधिकारीले बताए । 'म दिउँसो एक छिन बाहिर निक्लेको थिएँ, आउँदा बाआमालाई लगिसकेछन्' ऋण गरेर होटलमा बस्दै अनसनमा उत्रेका बाआमाको रेखदेखमा लागेका नुरप्रसादले भने,'अन्तरिम मन्त्रिपरिषदका अध्यक्षज्युले बोलाउनु भएको छ भनेर प्रहरीले मलाई लिन पनि आए ।' बेलुका पौने पाँच बजे अध्यक्ष खिलराज रेग्मीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बोलाएर नुरप्रसादसँग एक घण्टा कुराकानी पनि गरेका थिए । मानवअधिकारवादी सुवोधराज प्याकुरेल, मन्दिरा शर्मालगायतलाई पनि साथै राखेर रेग्मीले आफूलाई 'के समस्या छ भन्नुहोस्' भनेर सोधेको नुरप्रसादले बताए । 'मेरो भाइको हत्यारालाई अविलम्ब कारबाही होस्' उनका अनुसार रेग्मीलाई उनले भने,'मेरा बाआमालाई मृत्यु दिने कि न्याय दिने हजुरकै हातमा छ ।' आफ्नो भाइको हत्याको सारा विवरण र त्यसका अभियुक्तहरुका बारेमा रेग्मीलाई उनले सविस्तार बताएका थिए । 'म तुरुन्त प्रक्रिया अघि बढाउँछु' रेग्मीलाई उधृत गर्दै नुरप्रसादले भने,'सक्दो सहयोग म गर्छु ।' रेग्मीले बोलाएर सोधपुछ गर्नु सकारात्मक भए पनि प्रष्टसँग अपराधीलाई कारबाही गराउँछु नभनेकामा नुरप्रसाद असन्तुष्ट छन् । 'उहाँले अरु केही पनि बोल्नु भएन' नुरप्रसादले भने,'मात्र पक्रिया अघि बढाउँछु र सक्दो गर्छु भन्नु भो, त्यसको मतलब मैले प्रष्ट बुझेको छैन ।' भाइ कृष्णप्रसादलाई माओवादी कार्यकर्ताहरुले एक दशकअघि चितवनमा अपहरण गरी हत्या गरेको नुरप्रसादले बताए । एमाओवादी नेतृ हिसिला यमीकी पीए जानुका पौडेल, र अन्य माओवादी कार्यकर्ताहरु छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीविरुद्ध प्रहरीमा किटानी दिएका थिए । आफ्नो उजुरीमाथि कुनै छानबिनै नभएपछि अनसन र धर्नामा बस्दै आएका अधिकारी दम्पतीलाई जेठ ३१ गते सरकारले मानसिक अस्पताल भर्ना गरिदिएको थियो । त्यसको व्यापक आलोचना भएपछि अस्पतालले उनीहरुको मानसिक अवस्था दुरुस्त भएको भन्दै असार ७ गते छाडिदएकिो थियो । अस्पतालबाट छुटेर सिधै रेग्मीलाई भेटी आफ्नो माग राख्न बालुवाटार पुगेका दम्पतलाई प्रहरीले रेग्मीको निवासमा छिर्न नदिएपछि त्यहीँ बाहिरै आमरण अनसन थालेका थिए । अनसनको नवौं दिनमा उनीह अचेत प्राय भएपछि सरकारले अस्पताल लगेको हो । तर जति जे गरे पनि अभियुक्तलाई पक्रेर अनुसन्धान सुरु नगरेसम्म अनसन नतोडिने नूरप्रसादले बताए । 'आश्वासन र धम्कीले हामी गल्दैनौं' उनले भने,'खानु र शौच गर्नु मात्रै जिन्दगी होइन, न्याय पनि चाहिन्छ, अपराधीलाई नपक्रेसम्म हामी पछि हट्नेवाला छैनौं ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger