भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बहिनी परिणिती चोपडा बलिउड हट नायिका प्रियंका चोपडाको लागि खतरा बन्ने संकेत देखिएको छ । परिणितीको बढ्दो क्रेजले प्रियंकालाई असर पर्ने देखिएको हो । प्रियंका अभिनित चलचित्र ‘जंजिर’ सेम्टेम्बर ६ तारिखमा प्रदर्शनमा आउने तयारीमा छ । यस्तै परिणितीले अभिनय गरेको ‘शुद्ध देशी रोमान्स’ सेम्टेम्बर १३ तारिखमा प्रदर्शनमा आउने तयारीमा थियो । तर अचानक ‘शुद्ध देशी रोमान्स’ एक साता वर सरेपछि ‘जंजिर’सँग टक्कर लिने भएको छ ।
सुत्रका अनुसार प्रियंका आफ्नो सिनेमा र बहिनी परिणितीको चलचित्र एकैदिनमा प्रदर्शनमा नआओस् भन्ने चाहन्छिन् । तर यतिबेला भने प्रियंकाले नहोस् भनेर सोचेकै कुरा हुने देखिएको छ । यसैले पनि प्रियंकाका लागि परिणिती खतरा बन्ने संकेत देखिएको हो ।
प्रियंकाको ‘जंजिर’ भन्दा ज्यादा क्रेज परिणितीको ‘शुद्ध देशी रोमान्स’मा देखिएको छ । अर्कोतिर ‘शुद्ध देशी रोमान्स’ यशराज ब्यानरले निर्माण गरेको चलचित्र हो । यसैले पनि आफ्नै काकाकी छोरी परिणिती बलिउड चर्चित नायिका प्रियंका चोपडाका लागि खतरनाक बन्दै गएकी छिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.