Widgets

Home » » चेलिबेटी बेचबिखनको कथालाई माइती नेपालले देखाउने

चेलिबेटी बेचबिखनको कथालाई माइती नेपालले देखाउने

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चेलिबेटी बेचबिखनको बिषयमा तयार पारिएको चलचित्र ‘ढुवानी’को च्यारेटीका लागि माइती नेपालले चासो देखाएको छ । देशभरका विभिन्न स्थानमा चलचित्रको च्यारेटीका लागि माइती नेपालले अग्रसरता देखाएको छ ।पिताम्बर पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमा भदौ २८ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । सिनेमाको प्रस्तुतकर्ता समेत रहेकी निर्मात्री कविता श्रेष्ठका अनुसार माइती नेपालसँग च्यारेटीका वापत आफूले पाउने रकमको बारेमा भने पक्का भैसकेको छैन । आफूले सिनेमाको बजेट ७० लाख रहेको जानकारी माइती नेपाललाई गराएको कविताको भनाई छ ।
मञ्जिल श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमामा किशोर खतिवडा, धिरेन थापा, प्रविन खतिवडा, सगुन शाही, अर्चना देलाला, अनु गाइजा, हरुन अली, काका अली, उदय अली लगायतका कलाकारको अभिनय छ । भारतको कोठीमा नेपाली चेलीहरु कसरी बेचिन्छन् भन्ने कथालाई सिनेमाले उठान गरेको छ । यसैले पनि ‘ढुवानी’लाई सर्वाधिक महत्वकांक्षी चलचित्रको रुपमा हेरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger