Widgets

Home » » उपकुलपतिसहितका पदाधिकारीलाई क्वाटरमै थुनिए

उपकुलपतिसहितका पदाधिकारीलाई क्वाटरमै थुनिए

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ साउन, सुर्खेत । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले सोमबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. पदमलाल देवकोटा र रजिष्ट्रार डा.ठकेन्द्रप्रकाश गिरीसहितका पदाधिकारीहरुलाई क्वाटरमै थुनेका छन् । अनेरास्ववियु सुर्खेतको नेतृत्वमा गएको विद्यार्थीको समूहले उपकुलपति देवकोटाको क्वाटरमा बसिरहेका सबै पदाधिकारीहरुलाई बाहिर निस्कन नदिई बाहिरबाट ताला लगाइदिएका हुन् । आफ्नो आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार विश्वविद्यालयका पदाधिकारीहरुको क्वाटरमा ताला लगाइएको अनेरास्ववियु सुर्खेतको सचिव प्रेम खड्काले जानकारी दिनुभयो । विद्यार्थीहरुले उपकुलपति देवकोटा र रजिष्ट्रार गिरीको गाडी कब्जामा लिएका छन् । कब्जामा लिइएको गाडी अहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा राखिएको छ । पदाधिकारीहरुले नै विश्वविद्यालयमा राजनीतिकरण गरेको, अवैधानिक रुपमा कर्मचारी नियुक्ति गरेको, आफ्ना नातेदार र राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पदाधिकारीहरु नियुक्त गरेको भन्दै विश्वविद्यालय स्थापनादेखि नै आन्दोलनमा उत्रिएका विद्यार्थीले सोमाबार विश्वविद्यालयका पदाधिकारीहरुलाई थुनी गाडी कब्जामा लिएका हुन् । आन्दोलनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाओवादी निकट अलिख क्रान्तिकारीको सहभागिता छैन । अनेरास्ववियु सुर्खेतले सुर्खेत क्याम्पस शिक्षा र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पनि ताला लगाएको छ । नेविसंघ विद्यार्थीहरुले क्याम्पसमा रहेका आफ्ना वोर्ड फालेको भन्दै तालाबन्दी गरेको अनेरास्ववियुले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger