Widgets

Home » » 'समयमै चुनाव हुनुपर्छ भन्ने भारतीय चाहना'

'समयमै चुनाव हुनुपर्छ भन्ने भारतीय चाहना'

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

madhav nepal

काठमाडौ, श्रावण ११ - भारतीय सत्तारूढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग तपाईंको के छलफल भयो ? यो मेरो सद्‍भाव भ्रमण हो । दुई देशका नेताबीच सम्बन्ध विस्तार, सम्बन्धलाई नियमितता दिने, घनिभूत बनाउने र अनुभव आदानप्रदान गर्ने उद्देश्य हो । मैले उहाँसँगको भेटमा पनि दुई देशका नेता र पार्टीहरूबीचको सम्बन्धलाई नियमितता दिनुपर्छ भन्ने कुरा राखेको छु, यसलाई उहाँले स्वीकार्नुभएको छ । बिहीबारै परराष्ट्र सचिवलगायत अन्य नेताहरूसँग पनि भेट भएको छ । उहाँहरूसँगको भेटले पनि आपसी विश्वासको वातावरण बनाउन र सम्बन्धलाई उचाइमा पुर्‍याउन मद्दत पुगेको छ । नेपालको चुनावबारे गान्धीको धारणा के रह्यो ? नेपालमा समयमै छिटो चुनाव हुनुपर्छ भन्ने धारणा नै भारतीय नेताहरूको छ । उहाँले पनि समयमै चुनाव होस् भन्ने चाहना व्यक्त गर्नुभयो । चुनावप्रति उहाँको पनि निकै चासो रह्यो । राजनीतिक दलहरूलाई के सुझाव दिनुभयो ? नेपालमा लोकतन्त्र बलियो हुनुपर्छ भन्ने सबैको धारणा छ । उहाँले पनि लोकतान्त्रिक पार्टीहरूबीच मिलेर अघि बढ्नु राम्रो हुन्छ भन्ने भावना व्यक्त गर्नुभयो । छलफलका अन्य विषय के-के थिए ? मैले हालै उत्तराखण्ड र नेपालको दार्चुला क्षेत्रमा भएको बाढीपहिरोबारे कुरा गरेँ । जलवायु परिवर्तनले ल्याइरहेको विनास र प्राकृतिक प्रकोपलगायतका विषयमा पनि छलफल भयो । रोकथामका लागि मिलेर काम गर्नुपर्ने कुरा भएको छ । भारतीय प्रधामन्त्री मनमोहन सिंहसँगको भेटमा चाहिँ के कुरा हुनेछ ? प्रधानमन्त्रीसँग पनि मेरो राजनीतिक र आर्थिक विकासका कुरा हुनेछन् । मैले प्रधानमन्त्री हुँदा पहल गरेको र अन्य कामहरू अघि बढाउने विषयमा पनि छलफल हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger