Widgets

Home » » उपभोक्ता अझै 'दूषित' दूध खान बाध्य

उपभोक्ता अझै 'दूषित' दूध खान बाध्य

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण ११ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोलिर्फमबाट दूषित रहेको भनिएका १३ दुग्ध उद्योगको उत्पादनमध्ये कुन कोलिर्फम युक्त हुन् र कुन होइनन् भन्ने जानकारी आमउपभोक्तलाई छैन । विभागले समेत उच्च राजनीतिक दबाब र आर्थिक कारण उपभोक्तालाई यो जानकारी दिन सकेको छैन । 'दूधमा कोलिर्फम हुनुहुँदैन,' अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोलिर्फम भएको दूध स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भएको जनाउँदै सूक्ष्मजीव विज्ञान विशेषज्ञ प्रा. डा. शिवकुमार राईले भने, 'गुणस्तर विभागले कोलिर्फम देखिएकामध्ये हाल कुन-कुन उद्योगको दूधमा कोलिर्फम छ र कुन कुनमा छैन भन्ने जानकारी उपभोक्तालाई दिनुपर्छ । उपभोक्तालाई शुद्घ गुणस्तरीय दूध सेवन गर्ने अधिकारको प्रत्याभूति गर्न दूधबाट यस्ता प्रकारका प्रदूषण अविलम्ब हटाउनुपर्छ ।' दूषित उत्पादन गरेका उद्योगको हालको स्थितिबारे विभागसँग जानकारी माग्दा लिखित निवेदन दिनुपर्ने जनाएपछि कान्तिपुरले सूचना अधिकारीसँग इमेलबाट जानकारी माग्यो । तर कुनै प्रतिक्रिया दिएन । 'हामी कहाँ लिखित निवेदन दिएपछि मात्र सूचना दिने उर्दी जारी गरिएको छ,' स्रोतले यो प्रकरणमा सूचनालाई सञ्चार माध्यममा नदिन अत्यन्त उच्च दबाब रहेको जनाउँदै भन्यो, 'कसैले लिखित मागे कानुन औंल्याउँदै सूचना प्रशोधनको नाउँमा सात दिन कुराउन सकिने र त्यसपछि समेत विभिन्न बाहना गर्न सकिने नीति लिइएको छ ।' 'सूचना पाउनु उपभोक्ताको मौलिक हक हो,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'प्रत्येक गतिविधि जसका लागि गरेको हो त्यसलाई सूचना दिनै पर्छ, यसमा कुनै सीमा, अवरोध गर्नुहुन्न ।' सूचना नदिनु अनुचित काम रहेको जनाउँदै यसले सूचना लुकाउने प्रक्रिया सुरु भएको दाबी गरे । विभागले दूधमा कोलिर्फम विरुद्घको अभियान गत जेठ २३ गते देखि सुरु गरेको थियो । त्यसताका विभागले कोलिर्फम पाइएका १३ डेरीमध्ये प्रतिमिलिलिटर २५ सयभन्दा बढी कोलिर्फम पाइएका ६ वटा डेरीलाई बन्द गरेर कारबाही सुरु गरेको थियो । त्यसताका विभागले असार ३ गते जारी गरेको विज्ञप्तिमा 'प्रशोधित दूधमा कोलिर्फमको उपस्थितिले सम्बन्धित उद्योगले सरसफाइमा ध्यान नदिएको र प्रशोधनमै कमी कमजोरी रहेको प्रस्ट देखिन्छ' उल्लेख छ । यतिमात्र नभई विभागले उल्लेख्य संख्यामा कोलिर्फमको उपस्थिति पाइएका त्यसताका पाँचवटा डेरीबाट उत्पादित विभिन्न ब्राण्डका दूध अर्को सूचना नभएसम्म उपभोग नगर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको थियो । त्यसताका केही उद्योगीहरूले कानुनअनुसार सबै दुग्ध उत्पादनमा कोलिर्फम शून्य हुनुपर्ने भए पनि केही खास मात्रामा कोलिर्फम पाइएका उद्योगलाई कारबाहीमा छुट दिन सकिने कानुनी व्यवस्था नभएको जनाएका थिए । कोलिर्फम देखिएका उद्योगहरूसँग विभागले लिखितमा दूधमा कोलिर्फमको उपस्थिति शून्य हुने र यसका लागि सुधार गर्दै जाने प्रतिबद्घता लिए पनि कहिलेसम्म कोलिर्फमको उपस्थिति शून्य हुने हो भन्ने समयसीमा नतोकेको उल्लेख गर्दै स्रोतले भन्यो, 'यसैले गर्दा उद्योगले ढिलासुस्ती गरिरहेका छन्, उपभोक्तालाई आफूले मूल्य तिरेर उपयोग गर्ने दूध कोलिर्फम मुक्त छ वा छैन भन्ने जानकारी दिनमा रोक लगाइएको छ ।' तर दुग्ध विकास संस्थानले आफ्नो दूधलाई कोलिर्फम मुक्त गरिसकेको दाबी गरेको छ । 'हामीले दूधलाई कोलिर्फम प्रदूषणबाट मुक्त गर्‍यो, विभागका प्राविधिकहरूले समेत यसको परीक्षण गरिसकेको छ,' दुग्ध विकास संस्थानका जेनरल म्यानेजर एसपी सिंहले भने, 'हाम्रो उत्पादनमा कोलिर्फमको उपस्थिति शून्य बनाउन करिब पाँचदेखि सात दिन लागेको थियो ।' कोलिर्फम जीवाणु (ब्याक्टेरिया) को समूह हो । दूधमा कोलिर्फम देखिनुको अर्थ त्यसमा अन्य रोग उत्पन्न गर्न सक्ने जीवाणु हुन सक्ने सूचकसमेत रहेको जनाउँदै राईले भने, 'यस्तो दूध उपलब्ध रहनुको अर्थ कुनै पनि बेलामा झाडापखाला, आउँ, जन्डिस, टाइफाइड लगायतका पानीजन्य रोग महामारीका रूपमा फैलिन सक्ने सूचकसमेत हो ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger