Widgets

Home » , » टर्कीमा अपहरणकारी कुटेर फर्केका नेपालीको वयान (भिडियोसहित)

टर्कीमा अपहरणकारी कुटेर फर्केका नेपालीको वयान (भिडियोसहित)

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० साउन, काठमाडौं । करिब २ महिना अन्तरराष्ट्रिय अपहरणमा परेर बुधबार नेपाल फर्किन सफल ८ नेपालीहरुले आफूहरु धेरै पैसा कमाउने लोभले गर्दा फसेको बताएका छन् । ‘विदेशमा बसेकाहरु साथीहरु सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् ।’ बिहीबार अनलाइनखबरसँग सामुहिक कुराकानी गर्दै पीडित युवाहरुले भने-’हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ ।’
दुहबीमा वैदेशिक रोजगारी गरिरहेका नेपाली, बंगाली लगायत विभिन्न देशका नागरिकलाई गि्रसमा आकर्षक जागिर लगाइदिने भन्दै विभिन्न देशका अपहरणकारीले १० नेपालीलाई समुद्रको बाटो हुँदै टर्की पुर्याएर बन्धक बनाई फिरौती मागेका थिए । बन्धक बनाइएका मध्ये केहीले २० लाखसम्म फिरौती बुझाइसकेको अवस्थामा २० दिनपछि नेपालीहरुले अपहराकारीमाथि आक्रमण गरेर प्रहरीसमक्ष पुग्न सफल भएका थिए । अपहरणमा परेका मध्ये एक जना भीरबाट खसेर घाइते भएका छन् भने एकजना राम्रो अंग्रेजी जान्नेलाई टर्की प्रहरीले उतै जागिर खुवाएको छ ।
विदेशी भूमिमा वीरतापूवर्क संघर्ष गरेर घर र्फकनेहरु नेपाली युवाहरुमा दलबहादुर बढाथोकी, तुलबहादुर घर्तिमगर, तिलकबहादुर पुन, चित्रबहादुर पुन, कुसाङ तामाङ, सुरेश तामाङ, चित्रबहादुर पुन, मेखबहादुर छन्त्याल र झपिन्द्र खड्का छन् । उनीहरुमध्ये कोही बाग्लुङ, रोल्पा, म्याग्दीका छन् भने कोही कास्की र धरानका छन् ।
अपहरणबाट मुक्त भई नेपाल फर्केका यी साहसी युवाहरुले आफ्नो दर्दनाक अपहरणको कथा यसरी सुनाए :
सुरेश गुरुङ, कास्की
suresh-garungम सन् २००२ को डिसेम्बर २० मा कामका लागि दुबई पुगेको थिएँ । अरु साथीहरु पनि दुबईमै रोजगारी गरिरहेका थिए । काम गर्दै जाने सिलसिलामा साथीभाइले युरोपको लोभ देखाए । पहिलो लटमा गएका साथीहरु थिए, उनीहरुले हामी युरोप आइपुग्यौं भनेर गि्रसकै नम्बरबाट फोन पनि गरे । यहाँ आएपछि ल्याउने मान्छेहरुकै राम्रो कम्पनी छ, ३ लाख रुपैयाँ मात्र पैसा लाग्छ भनेपछि हामी लोभियौं, हाम्रो गल्ती भयो ।
गि्रस जाँदा लाग्ने पैसा पनि काम गरेपछि तलबबाटै कटाउने भनेर लोभ्याए । १०/१५ हजारमा काम गर्नेहरुलाई १४ देखि १७ सय युरो अर्थात झण्डै मासिक २ लाख तलब हुन्छ भनेपछि मन नलाग्ने कुरै भएन । पहिला गएका साथीहरुले पनि त्यस्तो भनेपछि हामीले पनि होला नि भनेर विश्वास गरौं ।
अपि्रल २९ तारिखमा म साथीहरुसँग दुबईबाट हिँडे, बाटोमा धेरै दुःख पाइयो । दुबईबाट ओमन, इरान हुँदै, टर्की पुर्‍यायो । बाटामा यति दुःख पायौं कि बयान गरेर साध्य नै छैन । केही ठाउँमा हिड्यौं, काहीँ डुंगा चढाए, कहिले कार त कहिले बस चढाए । सीमामा पुगेपछि उनीहरुले हामीलाई सुरक्षा पार गर्न हिडाउँथे । कहिलेकाँही कारमा हामीलाई सुताएर प्रहरीलाई घुस दिने पनि गरेको देखियो । दुबईबाट ओमान पुर्‍याउने क्रममा हामीलाई रातभर हिडाए । उकालो ओरालो पहाड, निकै अठ्यारो बाटो थियो, खुट्टा सुन्निए ।
दलबहादुर बुढाथोकी, बाग्लुङ
dal-bahadurडुंगामा जाँदा हामी पलपलमा मर्ने खतरा थियो । भुवन भन्ने साथीको त मृत्यु नै भयो । नेपाल फर्किएका मोहम्मद सिद्दिकी भीरबाट लडेपछि उनीहरुबाट छुटेका हुन् । हाम्रो शरीर थिलथिलो भएको थियो । हवाइ जहाजको भन्दा दु्रत गतिको डुंगा कुदाइ, बस्नलाई कुनै बस्तु थिएन, बेसरी बजारिन्थ्यो । हामी एकले अर्कालाई सहयोग गर्ने अवस्था थिएन । आप\mनो ज्यान नै सम्हाल्न मुस्किल थियो । हात फुस्क्यो कि समुन्द्रमा । अर्को डुंगामा चढाइएका १४ जना बंगाली र प्यालेस्टायनीहरुको बाटैमा मृत्यु भएको उनीहरुले कुरा गरेको सुनियो । मसहित ३ जना घाइते भयौं । थप केहीबेर यात्रा गर्नुपरेको भए म पनि बाँच्ने कुनै सम्भावना थिएन ।
दुबईबाट हामीलाई अपहरण गरेर टर्की पुर्याउन २०/२५ दिनसम्म लगाए । उनीहरुले खानचाहिँ दिन्थे । पहिले त रोजगारीकै लागि लगेका होलान् भन्ने लागेको थियो । तर, इरान पुगेपछि फसियो भनेर शंका लाग्यो । तर, समुन्द्रमा हामफाल्ने कुनै सम्भावना भएन । जहाजमा लैजाने हो, कर्मचारी बनाएर भनेका थिए । त्यसपछि सुरुमा २ लाख रुपैयाँ माग्यो । २ लाख दिँदा पनि हामी छुट्ने कुनै सम्भावना देखिएन । किनभने उनीहरुले गाइड राखेर हामीलाई टर्की पुर्‍याउने भए भन्ने ठानेर हामी उनीहरुको घेराबाट बाहिर हुन सकेनौं । त्यसपछि थप पैसा माग्छ भन्ने लाग्यो ।
२ लाख दिएपछि हामीलाई इरानबाट टर्कीतर्फ अघि बढाइयो र स्तानबुल भन्ने सीमामा लगेर राख्यो । त्यहाँबाट केहीबेर हिँडेपछि गि्रस पुगिने रहेछ ।
तर, गि्रसको सीमामा पुर्‍याएपछि हामीलाई बन्धक बनाइयो र घरमा फोन गरेर पैसा माग्न लगाइयो । सुरुमा हामीलाई नुहाइ धुवाइ गर्न भने । सबै कपडा खोलेर चेक गरे । त्यसपछि लठ्ठीमा २ प्लस ७ लेखेको देखाएर मालुम हे ? ये क्या हे ? भन्दै ९ लाख मागे । त्यसपछि २४ घण्टाभित्र पैसा चाहियो भन्दै कुट्थे । कुटाइको कुरै नगरौं ।
घरमा फोन नम्बर मागेर फोन गर्न लगाउँथे । हामीले फोनमा अनिवार्य रुनै पर्ने हुन्थ्यो । कसरी रुनु ? घरमा पनि के सोच्लान् । तर, रोएन भने कुट्थे । हामी रोएको आवाज सुनेपछि घरबाट पैसा पठाइदिन्छन् भन्ने उनीहरुको भनाइ थियो । हामीलाई हरेक दिन बिहान र बेलुका घरमा फोन गर्न लगाउने र कुट्ने गर्थे ।
झपिन्द्र खड्का, रोल्पा
ghapindra-khadkaउनीहरुले यति कुट्थे कि त्यसको कुनै सीमा छैन । उनीहरुको मनमा ‘हरि’ नै छैन जस्तो लाग्यो । क्रिकेटको ब्याटले हान्थे । गाउँघरमा जोत्दा गोरुलाई पनि त्यसरी पिटिँदैन । कुट्दा कुट्दै हामी बेहोस हुन्थ्यौं । उनीहरुले बढीजस्तो घुँडा र कुइनामा हान्थे । कुट्ने मानिस पसिनै पसिना भएर नुहाउन जान्थे भनेपछि सोच्नुस हाम्रो अवस्था कस्तो भयो होला ।
होस आएपछि तेरो पैसा नै आएको छैन, कुट्नै पुगेको छैन भनेर बेसर कुट्थे । केही साथीका नाडीमा उनीहरुले दाऊले काटेका चोटहरु अझै छन् । उनीहरुसँग ब्याट, दाऊ र एउटा लठ्ठी थियो, जुन यति साह्रो र बलियो थियो कि कहिल्यै नभाँच्चिने ।
सबैभन्दा धेरै कुटाइ खानेमा म पर्छु । बुबाले मलाई बन्धक बनाएको प्रहरीमा उजुरी गरेपछि उनीहरुले मलाई नै टार्जेट बनाए । प्रहरी र मिडियाको कुरा पुगेपछि मलाई कुटाइ बढ्यो । तेरो सरकारले हामीलाई केही गर्न सक्दैन, बाराक ओबामा नै आए पनि केही गर्न सक्दैन भन्दै मलाई कुटे । एक त उनीहरुले मागेको पैसा गएन, अर्कोतिर प्रहरीकोमा उजुरी भयो । नेपालबाट प्रहरी अधिकारी दिप्ति कार्की लगायतले फोन गर्नुहुन्थ्यो, मैले फोन नगर्नुस, म कस्तो समस्यामा छु भनेर भन्नुपर्‍यो र पछि उनीहरुबाट सहयोग पनि भयो । बंगालीहरु नेपाली अलिअलि बुझ्दा रहेछन्, नेपालबाट फोन गर्नासाथ मैले कुटाइ खान्थेँ । बाँचेर आउँछु भन्ने मलाई आश नै थिएन, किनभने उनीहरुले यसरी कुट्थे कि, मर्‍यो भने गाडीमा लगेर जंगलमा फालिदिन्छु भन्थे ।
उनीहरुले धेरैलाई मारेका पनि रहेछन् । हामी उनीहरुको पन्जाबाट छुटेर पुलिसकहाँ पुग्दा प्रहरीले शवहरुको फोटो देखाएका थिए । उनीहरुलाई हामी पुग्नुभन्दा झण्डै २ महिना अघि नै मारेका रहेछन् । हाम्रो सामुन्ने नियन्त्रणमा रहेका बंगलीहरुका औंलाको नङ उखेलेका थिए ।
उनीहरुले हामीमध्ये पैसा दिएका र नदिएकाहरुलाई अलग-अलग कोठामा थुनेका थिए । हात खुट्टा नबाँधे पनि कुरा गर्नसम्म दिन्न थे । एक समय त आत्महत्या गर्छु भनेर नसोचेको पनि हैन । यिनीहरुको हातबाट मर्नुभन्दा फाँसी लगाउँछु भन्ने लागेको थियो । तर, साथीहरुले हैन, यीनीहरुले जे गरे पनि मार्ने नै भएपछि अब लडौं भन्ने सल्लाह भयो ।
यसरी गरियो २० मिनेटको सफल विद्रोह
हामीले लडाइँ गर्ने दिन हामी बन्दीमध्ये तीनजना बंगालीको हात काट्ने कुरा थियो । उनीहरुले ३ जना नेपालीको कान्छी औंला काट्ने कुरा गरेका थिए । हामीले मे २४ को मध्याहृन १२ बजे लडाइँ गर्यौं । त्यो भिडन्त नगरेको भए त्यसको २ घण्टापछि नै हामीमध्ये ३ जनाका एक-एक वटा औंला काट्ने कुरा थियो । यस्तो सुनेपछि हामीले चुरोट खाने बहानामा भेटेर ५ मिनेटमै योजना बनायौं ।
makh-n-chitra
विद्रोह गर्ने योजना कुसाङको हो । उनले नेपालमा फोन गरेर १२ लाख झिकाइसकेका थिए । तर, थप ४ लाख मागे । श्रीमान अपहरणमा परेको थाहा पाएपछि नेपालमा कुसाङकी श्रीमती बेहोस थिइन् । श्रीमतीलाई आईसीयूमा भर्ना गरिएको थियो ।
नेपालबाट हुण्डीमार्फत दुबईमा पैसा पठाउन लगाउँथे । दुबई प्रसा पुग्नासाथ टर्कीमा रहेका उनीहरुले पाउँथे । यसैगरी हामीमध्येका केहीले २० लाख बुझाइसकेका थिए ।
पैसा बुझाए पनि उनीहरुले छाडेनन् । फेरि अरु साथीहरुलाई गि्रसमा जागिर खान बोलाऊ भन्दै उनीहरुले दबाव दिन्थे । हामीलाई पनि त्यसैगरी अरुबाट बोलाउन लगाइएको हो । त्यसैले हामीले कि बाच्छौं कि मर्छौं  तर, अरुलाई नफसाउने प्रतिवद्धतासहित ज्यानको बाजी लगाएर हामी लड्यौं ।
दिउँसो १२ बजे हामीले लडाइँ शुरु गर्यौं । शुरुमा चुरोट पिलाउन गएको बहानामा तिलकजी उनीहरु छेउमा जानुभयो । हामी तयार भएर बस्यौं । त्यतिकैमा कुसाङलाई घरमा फोन गर्न बोलाइयो र फोन गर्ने क्रममा उनलाई कुट्न थाले । हाम्रो टिममा कुसाङ सकैभन्दा खाइलाग्दो थिए । अपहरणकारीले दाप निकालेको मौकामा कुसाङले दाप समातेर कराएपछि हामी सबै भित्रबाट गुरुरु निस्कियौं र कुटाकुट सुरु भो । करिब २० मिनेट दोहोरो भिडन्त भयो । हामीलाई थुनेर बस्ने धेरै बंगालीहरु थिए ।
हामीले एकजनाको हातखुट्टा समेत भाँचिदिएका छौं । मार्ने विचार गरेका थियौं तर कानूनी रुपमा फसिएला भनेर गरीखान नसक्ने बनाएर मात्रै छाड्यौं । हामीले एक/दुई जनालाई लडाएपछि केहीचाँहि डराएर भागे ।
झण्डै १५/२० मिनेटको लडाईका क्रममा हामीलाई पनि चोट लाग्यो तर, हामी उनीहरुलाई जित्न सफल भयौं । केहीले झ्याल फुटायौं र सडकमा निस्किएपछि स्थानीयसँग सहयोग माग्यौं । एउटा रेष्टुराँमा हामीलाई खाना दिए । उनीहरुले पुलिस बोलाएपछि हामीलाई अस्पताल लगियो र राम्रो उपचार भयो । त्यसपछि प्रहरीले ५/६ दिन थुनामा राखेपछि हामीलाई फर्काउने प्रक्रिया सुरु भयो । हाम्रो बयान लिएपछि हामीलाई प्रहरीले विदेशीहरुलाई थुन्ने अड्डामा लगे ।
त्यसपछि नेपालमा रहेका तिलकका दाजूले हामीलाई नेपाल झिकाउने पहल गर्नुभयो । आउने बेलामा आइओएमले टिकट काटेर पठायो । र, यसरी बुधबार नेपाल आइपुगियो ।
हामीलाई बंगाली कहाँ पुर्‍याउने दुबईमा रहेका देवराज शर्मा नाम गरेका झापाका व्यक्ति हुन् । उनैले हामीलाई विभिन्न प्रलोभन देखाएर गि्रस जान उकासेका हुन् । उनलाई सरकारले कारबाही गर्नुपर्छ ।
चक्रबहादुरले टर्कीमै जागिर पाए
हाम्रो अनुमानमा झण्डै ३५/४० जना नेपालीलाई उनीहरुले यसैगरी अपहरण गरेर लगेको हुनुपर्छ । हामी ८ सहित ९ जना नेपाल फर्किएका छौं भने भुवनको मृत्युभएको छ । चत्रबहादुर तामाङ भने टर्कीमै बसेका छन् । हामीलाई जेलमा थुन्ने क्रममा बंगालीले हिन्दीमा बोलेकोलाई अंग्रेजीमा अनुवाद गर्ने काम गरेकाले तामाङको टर्कीका प्रहरी प्रमुखसँग राम्रो सम्वन्ध भयो र उनलाई त्यहीँ बस्ने प्रक्रिया मिलाउन थालिएको हो ।
हामीले सुनेअनुसार एक्लै भट्दा अपहरणकारीहरुले कम्मलले छापेर गाडीमा हालेर समेत लैजाने गर्दा रहेछन् । ४ वर्षदेखि यस्तो धन्दा हुँदै आएको छ ।
नेपाल सरकार र विदेशमा बस्ने नेपालीलाई आग्रह
हाम्रो त घरबार नै गयो । सरकारले पीडित छन् भनेर उद्दार गर्छन कि भन्ने आस छ । पहाडका घरजग्गा पैसा पठाउनमै सकियो । लोभमा परेर जानु त हाम्रो गल्ती हो । तर, हामी सडकमै बस्नु पर्ने अवस्था आएको छ । सरकारले केही सहयोग गरोस् भन्ने छ । हाम्रो परिवारले जग्गाजमिन बेचेर फिरौती बुझाएकाले हाम्रो उठीवास भएको छ ।
विदेशमा बसेकाहरु साथीहरु पनि सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् । हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger