Widgets

Home » » बिनाकारण पत्रकार प्रहरी हिरासतमा घटना विवरण सहित

बिनाकारण पत्रकार प्रहरी हिरासतमा घटना विवरण सहित

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

arrest

काठमाडौ, श्रावण ११ - काम सकाएर डेरामा र्फकदै गरेका एक पत्रकारलाई बिहीबार विना कारण नियन्त्रणमा लिएको छ । नयाँ पत्रिका दैनिकमा कार्यरत्र पत्रकार टेकराज थामीलाई बिहीबार तीनकुने स्थित प्रहरी कार्यालय नजिकै सडकमा चेकिङमा बसेको प्रहरीले नियन्त्रणमा लिएको हो । तीन घण्टा नियन्त्रणमा लिएर छाडेको थामीले बताए । घटना विवरण उनकै शब्दमा: बिहीबार करिब साढे ८ बजे कार्यालयबाट मोटर साइकलबाट कोठा आउँदै थिएँ । तीनकुनेमा सदा झै चिकिङ रहेछ । मोटर साइकल रोक भन्यो । मैले रोकेँ । लाइसेन्स ब्लुबुक झकि भन्यो । मैले झकिेँ र दिएँ । मापसे गरेको छ की छैन भन्यो । छैन भने । यसको झोलादेखि जुत्तासम्म चेक गर भन्यो । सँगैको हवल्दारले चेकिङ गर्यो । प्रहरीले अपराधिलाई जस्तो व्यवहार गरेपछि मैले सोधेँ-'सर लाइसेन्स ब्लुबुक चेक गर्ने काम त ट्राफिक प्रहरीको होइर र ?' मैले यति के भनेको थिएँ । उसले 'बढ्ता बोल्छस्' भन्यो । 'होइन मैले सोधेको मात्रै हो । मेरो लाइसेन्स ब्लुबुक दिनुस न' मैले भनेँ । '....यो बढ्ता बोल्द रहेछ । यसलाई थुन्दे' उसले आदेश दियो । मलाई महानगरीय प्रहरी वृत बानेश्वर लगियो । एक छिनपछि डिएसपी भिम ढकाल हल्लिदै आए । 'यसलाई एक घण्टा थुन अनि मान्छे बोलाएर जिम्म लगाइदे ।' यसो भनि रहँदा डिएसपीको मुखबाट आएको रक्सिको गन्धले यति कडा थियो की मुखै थुन्नु पर्ने स्थिति थियो । डिएसपी रक्सिको नशामा कति धुत थिए, यसैबाट पुष्टि हुन्थ्यो । अव मेरो तिन पुस्ते सोधपुछ भयो । हिरासतमा रहेको अर्का अभियुक्तलाई उठाइयो । उसलाई हतकडि लगाइयो । सँगै भएको मेरो हात थुतियो । र ऊसँगै हत्कडि लगाइयो । तेरो स्वस्थ्य परिक्षण गर्नु छ, अस्पताल हिँड भन्यो । हत्कडिसँगै कान्तिपुर अस्पताल लगियो । काउन्टरमा बिल भर्न लगायो । भित्र लगियो । केही नगरि फेरी हिरासत कक्षमा ल्याइयो । अन्त्यमा त्यतिकै छाडियो । यति बेला मेरो मन प्रश्नै-प्रश्नले भरिएका छन् । प्रहरीले मलाई किन पक्राउ गर्यो ? मैले अपराध नै गरेको हो भने किन छाड्यो ? ट्राफिक नियम उल्लंघन गरे कारवाही गर्ने अधिकार ट्राफिक पुलिसको हो, तर मेरो लाइसेन्स ब्लुबुक अरुले नै लिएका थिए । उसको गलत काममा प्रश्न गर्नु मेरो अपराध हो ? मेरो मोटरसाइकल नियन्त्रणमा के कारणले लिइयो र पछि किन छाडियो ? बिनाकारण हिरासतमा लिइ हत्कडी लगाउनु र मानसिक याताना दिनु यही हो, प्रहरीको अधिकार ? बृतका प्रमुख डीएसपी भीम ढकालले थामीलाई दुव्यवहार नगरेको दाबी गरे । 'हामीले नियन्त्रणमा लिएपछि जो कोहीलाई पनि मेडिकल चेक गर्न अस्पताल पठाउँछौ,'उनले भने,'तर,उहाँलाई नियन्त्रणमा लिएर अरु थुनुवा जस्तै राखेको छैन । डिउटी अफिसरको कोठामा राखेको हो ।' नियन्त्रणमा लिएको धेरैपछि मात्रै उनी पत्रकार भएको आफूले थाहा पाएको उनले बताए । थामीको आफन्तलाई बोलाएर जिम्मा लगाउँदा ढिलाई भएको उनले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger