Widgets

Home » » नेपाललाई गोलकै खडेरी साफ यू-१६ च्याम्पियनसिप

नेपाललाई गोलकै खडेरी साफ यू-१६ च्याम्पियनसिप

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

SAAF u-16 championship

काठमाडौ, श्रावण ८ - नेपालले लगभग पूरै समय अफगानिस्तानलाई दबाबमा राख्यो । घरेलु मैदानमा अफगानिस्तानको बलियो रक्षपंक्ति छिचोल्दै १४ पल्ट पोस्टमा बल प्रहार गर्‍यो । यस्तोमा एक गोलमात्र गर्न सक्यो । निश्चित गोलजस्तै देखिएका चार अवसर उपयोग गर्न सकेन । डिफेन्समा गरेको एक गल्तीमै अफगानिस्तानले गोल गर्‍यो । त्यसैले १-१ मा चित्त बुझाउँदै १ अंकमा सीमित भएपछि एक खेलअगावै साफ यू-१६ को सेमिफाइनल यात्रा तय गर्ने नेपालको लक्ष्य अधुरै रह्यो ।
'जितको धेरै नजिक भएर पनि बराबरीमा चित्त बुझाउनु पर्‍यो,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, 'सही समयमा सही निर्णय लिएनौं । डिफेन्सको एक गल्तीमै गोल खायौं । त्यसैले हामी दबाबमा पर्‍यौं । प्रदर्शन सन्तोषजनक भयो । तर, गोलकै खडेरी पहिलो समस्या देखियो । पहिलो हाफमै ४-५ गोलका अवसर गुमायौं ।'
सिनियर राष्ट्रिय टिमबाट गत वर्ष बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिसकेका फरवार्ड विमल घर्तीमगरले दोस्रो हाफमा मात्र मिहिनेत गरेको उनले बताए । 'पहिलो हाफमा पनि राम्रो खेलेको भए गोल निस्कन सक्थ्यो ।' विमल र कप्तान हेमन्त थापामगरको ह्याटि्रक सहयोगमा नेपालले पहिलो खेलमा भुटानलाई ७-० ले हराएको थियो ।
पहिलो खेलमा अफगानिस्तानसँग गोलरहित खेलेको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले लगनखेलस्थित आर्मी मैदानमा सोमबार पनि भुटानविरुद्ध ०-० कै नतिजा निकाल्यो । त्यसैले नेपाल ४ अंकसहित समूह 'ए' को शीर्षस्थानमा छ । अफगानिस्तान र पाकिस्तानको २-२ अंक छ । भुटानले पनि १ अंक जोड्यो ।
अब नेपालले पाकिस्तान र अफगानिस्तानले भुटानविरुद्ध बुधबार खेल्नेछन् । पाकिस्तानविरुद्ध एक अंक जोड्नसके नेपालले अन्तिम चार यात्रा तय गर्नेछ । जित हात पारे समूहविजेता हुनेछ । त्यसैले जितकै निम्ति खेल्ने प्रशिक्षक महर्जनले बताए । पाकिस्तानसँग हार्‍यो भने नेपालको सेमिफाइनल सम्भावना अफगानिस्तानविरुद्ध भुटानको खेलमा निर्भर हुनेछ ।
आकर्षक गोल
कप्तान हेमन्त थापामगरले खेल सकिन नौ मिनेटअघि पि|mकिकमा आकर्षक गोल गरेपछि अफगानिस्तानविरुद्ध नेपालले १ अंक जोडेको हो । मैदानको दायाँतर्फ ३० यार्डबाट उनले प्रहार गरेको पि|mकिक बलले आकर्षक रूपमा सीधै गोलपोस्टको दिशा लिएपछि नेपाल १-१ को बराबरीमा पुगेको थियो । त्यो प्रहारमा अफगान गोलकिपर होसेन रसुलीले बलको सही अनुमान गर्न सकेनन् ।
'गोल हान्छु भनेरै बल प्रहार गरेको थिएँ,' आफ्नो गोलबारे कप्तान थापामगरले भने । यसअघि नेपाली डिफेन्सको गल्तीमा अलीअहमद मन्सोरीले ७४ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाएका थिए । सेन्टर-ब्याक अनन्त तामाङले क्लियर गर्ने प्रयासमा गरेको हेडरमा बल पेनाल्टी क्षेमै रहेका मन्सोरीको खुट्टामा पुग्यो । त्यही बललाई मन्सोरीले सेकेन्ड बारमा गोलमा परिणत गरेका थिए । पहिलो हाफको तुलनामा नेपालले दोस्रोमा राम्रो खेल्यो । विमलले ८७ औं मिनेटमा प्रहार गरेको बल पोलमा लाग्दै बाहिरियो । नेपालले राम्रो खेलेको उल्लेख गर्दै अफगान प्रशिक्षक वाहिदुल्लन वाहिदले भने, 'अर्को खेल -भुटानविरुद्ध) बाट सेमिफाइनल पुग्ने प्रयास गर्नेछौं ।'
नेपाल १-१ अफगानिस्तान
भुटान ०-० पाकिस्तान
समूह 'ए’
टिम    खेल    जित    ड्र    हार    गोल    अंक
नेपाल    २    १    १    -    ८-१    ४
अफगानिस्तान    २    -    २    -    १-१    २
पाकिस्तान    २    -    २    -    -    २
भुटान    २    -    १    १    ०-७    १

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger