भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नुवाकोट — रसुवाको फलाखु खोलामा पौडी खेल्ने क्रममा चम्किलो ढुङ्गा भेटेपछि एकीकृत नेकपा माओवादी का जिल्ला सदस्य दावा तामाङले हाकुका युवाहरुलाई हाकुमा अमुल्य ढुङ्गा छ भन्दै उकासे। ढुङ्गा भेटे लगतै तामाङले हाकुमा पनि आफुले भेटेको चम्किलो ढुङ्गाको नमुना खोज्न पठाएका थिए। सोही नमुना ढुङ्गाको आधारमा हाकुमा पनि अमुल्य ढुङ्गा छ भन्दै हाकु ९ का अमृत तामाङ, सोही ठाउँका जंगबहादुर तामाङ र धनबहादुर तामाङ हाकु गोगन पुगेर खोजी गर्न पुगेको उनीहरुले प्रहरीमा बयान दिएका छन्।
माओवादीका जिल्ला नेता तामाङको लहलहैमा लागेर गाउँमा अमुल्य बल्ने ढुङ्गा हुनसक्ने अनुमानको भरमा रसुवा हाकु ९ मैलुङबाट गएको समुहले हाकु ८ गोगनेका २७ बर्षिय फुर्पा तामाङलाई असार २२ गते शनिबार सिस्नुपानी हानेर निर्घात कुटपिट गरे।
कुटपिट पछि पानी खान जान्छु भनेर भागेका फुर्वा तामाङलाई हाकु ९ का तुफान नाम गरेका धनबहादुर तमाङले जंगलमा दिनभर खेदेर मुड्की र ढुङ्गाले हानेर मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले पत्रकार सम्मलेन मार्फत जनाएको छ। विद्यालयमा सिस्नुपानी हानेर कुटपिट पछि भागेका तामाङलाई कुटपिट गर्ने समुहका हाकु ९ का अमृत तामाङ र जंगबहादुर तामाङले समातेर मैलङ ल्याउन आदेश दिएपछि फर्वालाई जंगलमा धनबहादुर एक्लैले मुड्की र ढुङ्गाले हानेर कुटपिट गरी हत्या गरेको प्रहरी बयानमा दिएका छन्।
हाकु गोगनमा अमुल्य ढुङ्गा छ भन्दै हल्ला फैलाईए सँगै हाकु ९ मैलुङबाट गएका युवाहरुले गाउँमा भेला राखेर ढुङ्गाको खोजी गरेको थिए । स्थानीय युवाहरुले गाउँमा भेला राखेपछि अमुल्य ढुङ्गा स्थानीय सेनाम तामाङ सँग भएको र उक्त ढुङ्गा मृतक फुर्वाका दाई आईतरामको छोरीले चोरेको आरोप लगाएको एक स्थानीयले बताए।
फुर्वाका दाईले कोरिया गएको अर्कोको श्रीमती बिबाह गरेको र स्थानीय अमृत तामाङ, धनबहादुर र जंगबहादुरले उनको दाईलाई किन विवाह गरेको अब कारबाही हुने बताए । स्थानीय युवाहरुले कुटपिट गर्ने डरले काठमाडौमा रहेको फर्वाको दाईले १५ लाख रुपयाँ दिने आफुलाई केही नगर्ने आग्रह गरे। दाईले १५ लाख तिर्ने बताए पछि मैलुङबाट गएको अमृत तामाङ, जंगबहादुर र धनबहादुर लगाएत ११ जनाको समुहले फर्वाले ढुङ्गा बेचेको रहेछ कहाँबाट आउँछ नत्र १५ लाख भन्दै सिस्नुपानी हानेको स्थानीयबासी बताउँछन्। १४ जनाको समुहमा रहेका युवाहरुले यसको आर्थिक हैषियत के हो भन्दै दिनभर गोगनेमा रहेको कालिका प्रावि मा सिस्नुपानी हानेर कुटपिट गरेको प्रहरी बयानमा दिएको प्रहरी नायव उपरिक्षक सुदिप गिरीले पत्रकार सम्मेलन मार्फत बताए ।
कुटपिट पछि बेपत्ता श्रमानको खोजी गर्दा पनि नभेटिएपछि श्रीमती तेजिमेन्दो तामाङ, दाजु दावा तामाङ र स्थानीय प्रहरीमा उजुरी दिएका थिएका थिए। उजुरी दिएको केही घण्टा बित्न नपाउदै फुर्पालाई स्थानीय गोठालोले मृत अबस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए। फुर्पा मृत भेटिए लगतै उनकी श्रीमतीले विद्यालयमा डोरीले बाधेर कुटपिट गर्ने हाकु ९ मैलुङका अमृत तामाङ, जंगबहादुर तामाङ,मनबहादुर तामाङ, विरुद्ध उजुरी दर्ता गरिन् । प्रहरीमा किटानी जाहेरी पछि जिल्ला प्रहरी कार्यालय रसुवाले अनुसन्धानका लागि हाकु ९ का सेनाम तामाङ, अमृत तामाङ, जंगबहादुर तामाङ, धनबहादुर तामाङ, जयमान तामाङ, नोर्चे घले, ओमसिंह तमाङ, कामी तामाङ, न्हिमा दोर्जे तामाङ, बमबहादुर तामाङ, हाकु ९ का श्यमान तामाङ, लेप्पाराम तामाङ, भोर्ले ३ का दावा तामाङ, हाकु ८ का श्याम घले, र रमेश घलेको नाम जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । कुटपिट गर्ने १५ जनालाई जिल्ला अदालत रसुवामा लगेर ७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
'गाउँमा सबैलाई बोलाएर मैलुङका स्थानीय अमृत तामाङ,जंगबहादुर तामाङ, मनबहादुर तामाङले थर्काए,' स्थानीय तेजिमेन्दोले आखाँभरी आशु पार्दै भनिन्, 'शुरुमा घरमा घरेहालेर ढुङ्गा नझिके जे पनि हुन्छ भने, पछि अपहरण गरेर लगे ।' 'श्रीमान फुर्पाले म सँग ढुङ्गा छैन भन्दा भन्दै विद्यालयको कक्षाकोठामा लगेर सिस्नुपानी हानेर कुटपिट गरे' भावबिहल हुदै तामाङले भनिन्, 'श्रीमानलाई बचाउन जान दिएनन्, उल्टो धम्की खाएर फर्किन बाध्ये भए ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.