Widgets

Home » , » बलिउड स्टार बहादुरीभित्रको रहस्य

बलिउड स्टार बहादुरीभित्रको रहस्य

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सलमान खानको स्टन्ट गर्दै हबिब हाजी
मुम्वई– फिल्म रांझणामा सोनम कपूरको पानीमा ढुब्नु पर्ने दृष्य थियो। तर उनी आफैँ यो गर्न सक्दैनथिन्। त्यो दृष्यको स्टन्ट बिक्रम दाहियाले गरिदिए, देखिइन् पर्दामा सोनम कपूर। हालै रिलिज भएको फिल्म रांझणाको एक दृष्यमा धनुष र सोनम कपूर स्कूटर सहित गंगा नदीमा डुब्छन्। रावनमा शाहरुख खानको होस् या अग्निपथमा ऋतिक रोशनको खतरनाक दृष्य त्यतिबेला स्टन्टम्यानकै आवश्यकता पर्छ। बलिउडमा यो सामान्य कुरा हो जब कुनै अप्ठेरो या जोखिमयुक्त दृष्य दिनु पर्ने हुन्छ त्यस बेला कुनै पनि निर्माता बलिउड स्टारको ज्यान जोखिममा कुनै हालतमा पार्न चाहँदैनन्।यसको लागि स्टन्टम्यानको ब्यवस्था गरिएको हुन्छ। उनीहरुले हिरो वा हिरोइनको दृश्य नक्कल गरिदिन्छन्। तर पर्दामा स्टार देखिन्छन् र हलबाट ताली उनैको लागि पिटिन्छ।
विक्रम सिंह दाहिया, स्टन्टम्यान
उनी यो पेशामा ६ वर्षदेखि छन्। उनीभन्दा पहिला उनका बुवा पनि यही पेशामा थिए। उनले अमिताभ बच्चनको डनदेखि आखिरी रस्ता सम्म र धर्मेन्द्रको लोहा सहित केही फिल्ममा स्टन्ट गरेका छन्।बिक्रमका पिता, राजेन्द्र दाहियाले पनि अमिताभ बच्चन सहित केही अभिनेताको लागि स्टन्ट गरेका थिए।

'निर्माताले करोड रुपैया खर्च गरेका स्टारको ज्यान खतरामा पार्न चाहँदैनन्। यसको लागि खतरनाक दृश्यमा हाम्रो लागि काम दिन्छन्' उनले भने। उनले अजय देवगानको 'वन्स अपना टाइम इन मुम्बई', रणबीर कपुरको 'अजब प्रेमकी गजब कहानी' र 'ये जवानी है दीवानी' तथा ऋतिक रोशनको 'अग्निपथ' जस्ता फिल्मको लागि स्टन्ट दिएका छन्।

स्टन्टम्यानको उचाई, मोटाई, तौल हिरोसँग मिलेको अवस्थामा मात्र स्टन्टम्यानले काम पाउँछन्। 'हाम्रो लागि बीमाको ब्यवस्था हुँदैन, किन भने खतरायुक्त सीन गर्नु नै हाम्रो काम हो। यसमा घाइते हुनु त सामान्य कुरा हो', दाहियाले भने– 'कसैगरी दुर्घटना भयो भने हाम्रो परिवारको लागि निर्माताले क्षतिपूर्ति दिन्छन्। यस भन्दा बढी अरु केही हुँदैन।'

सनोबर, स्टंटगर्ल

'पहिला म स्पष्ट भन्न चाहन्छु भ स्टन्टगर्ल हूँ, डबल रोल गर्ने होइन', सनोबरले भनिन्। बलिउडमा केही केटीहरुले 'बडी डबल' दृष्य पनि दिने गर्छन्। कुनै फिल्ममा अंतरंग दृष्य या अंगप्रशर्दनको सीन हिरोइनले नगरेको खण्डमा उनीहरुको भूमिका अरुले नै गरिदिनु बडी डबल हो। सनोबर स्टन्ट पेशामा १४ बर्षदेखि छन्। १२ बर्षकी हुँदा उनले पहिलो पटक एश्वर्या रायको लागि स्टन्ट गरेकी थिइन्। 'त्यो बेला मैले २० फिटको उचाइबाट हाम्फालेकी थिएँ', उनले सुनाइन्- 'म जिमनास्ट हुनुको साथ साथै मार्शल आर्ट पनि जान्दछु।'

सोनबरले 'रब ने बना दी जोडी' तथा 'जब तक है जान'मा अनुष्काको लागि बाईक चालाएकी छन्। 'बीर जारा' मा पहाडमा फसेकी प्रीति जिन्टाको शाहरुख खानले हेलीकप्टर बाट उद्दार गरिरहेका थिए तर पहाडमा प्रीति जिन्टा सनोबर बनिरहेकी थिइन्। यस्तै 'द डर्टी पिक्चर' को लागि पनि पानी मुनिका केही दृष्य विद्या बालनको लागि उनलेनै गरेकी थिइन्।

'म हिरोइन बन्न चाहेकी थिए। तर त्यो बेला सम्म मेरो लागि कुनै प्रस्ताब नै आएन। प्रयास अझै पनि जारी छ। अव आउने चलचित्र 'रामलीला' मा दीपिका पादुकोणको लागि स्टन्ट गरेकी छु।'

हबीब सैयद, स्टन्टम्यान

उनका बुवा हाजी सैयद पनि बलिउडका स्टन्टम्यान थिए। १९९१ मा फिल्म 'हमला' को एक दृष्यमा अनिल कपूरको लागि बडि डबल गरेका थिए। यो सिन गर्ने क्रममा उनको निधन भएको थियो। 'द बर्निग ट्रेन' मा स्टन्ट गर्दा उनका पिता जलेका पनि थिए।

'मैले जोन अब्राहमको फिल्म 'धूम' को लागि बाइकमा धुप्रै स्टन्ट गरेको थिए। त्यस पछि जोनको म फेवरेट बने', सैयदले भने।

यसै बर्ष रिलीज भएको फिल्म 'रेस २' को लागि पनि उनले स्टन्ट गरेका थिए। शाहरुख खानको बहुचर्चित फिल्म 'रावन' मा पनि उनको स्टन्ट हेर्न पाइन्छ। यसमा उनले शाहरुखको अलवा करिनाको लागि एक कारको स्टन्ट ब्लाउज र साडी लगाएर गरेका थिए। परिणीति चोपडाका लागि 'लेडीज भर्सेस रिकी बहल' मा उनले एउटा दृश्य गरेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger