Widgets

Home » » आममाफी पाएर अफगानिस्तानबाट फर्केका थापा भने,’यातनाको कुरै नगर्नुस्’

आममाफी पाएर अफगानिस्तानबाट फर्केका थापा भने,’यातनाको कुरै नगर्नुस्’

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
magar३ साउन, काठमाण्डौ । अफगानिस्तानको सर्वोच्च अदालतले २० वर्षको जेल सजाय सुनाएको भएपनि राष्ट्रपति हमिद कारजाईले आममाफी दिएपछि २७ महिना कारावास बसेर स्वदेश फर्किन सफल तनहुाका तिलबबहादुर थापा मगरले आफ्नो रिहाईमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले विदेशमा जोखिमपूर्ण रोजगारी गरेका नेपालीहरुलाई उद्दारकालागि सरकारले काम गर्नु पर्ने भन्दै आफ्नो रिहाईमा सरकारले असल अविभावको भूमिका निर्वाह गरेको बताए ।
विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले पाकिस्तानी गुप्तचर सस्था आईएस आईलाई अफगानिस्तान सम्बन्धी सूचना दिएको अभियोगमा हेलमण्ड प्रान्तको एक निर्माण सम्बन्धी बहुराष्ट्रिय कम्पनीमा सुरक्षा प्रमुखको रुपमा कार्यरत आफूलाई अफगानी जासुसी संस्था एनडीएसले पक्राउ गरेको जानकारी दिए ।
उनलाई स्थानीय र पुनरावेदन अदालतले १६ वर्षको सजाय सुनाएकोमा सर्वोच्च अदालतले ४ वर्ष थपेर २० वर्षको जेल सजाय तोकेको थियो । उनका अनुसार एनडीएसले कम्पनीमै कार्यरत महम्मद अस्गरलाई पक्राउ गरेको र उनले यातना सहन नसकी आफ्नो नाम समेत पोलेकोले आफूले अनाहक सजाय भोग्न परेको भन्दै जेलमा आफूलाई चरम यातना दिईएको अनुभव सुनाए ।
जुलाई १३ का दिन रिहाई भएर भोलीपल्ट स्वदेश फर्किएका उनले आफ्नो रिहाईमा सहयोग गर्ने तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, त्यहााकालागि नेपाली राजदुत भरतराज पौड्याल, नेपाल मानवअधिकार आयोगका सदस्य गौरि प्रधान, भिजानु श्यामसुन्दर श्रेष्ठ र वाईसिएल तमुवान संयोजक क्षितिज लामिछानेलाई धन्यवाद दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger