Widgets

Home » » ३ करोड धरौटी नबुझाएपछि डन गणेश लामा जेल चलान

३ करोड धरौटी नबुझाएपछि डन गणेश लामा जेल चलान

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ साउन, काठमाडौं । विशेष अदालतमा मागेको ३ करोड धरौटी नबुझाएपछि डन गणेश लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको छ । जेल जानु अघि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामाले आफू राजनीति गर्ने मान्छे भएको भन्दै आफूलाई फसाएको दावी गरे । अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमन भट्टराई र भुपेन्द्रप्रसाद राईले इजलासले बिहीबार थुनछेक बहसपछि लामासँग ३ करोड धरौटी मागेको थियो । धरौटी नबुझाएपछि लामालाई थुनामा पठाइएको अदालतका रजिष्टार धिरबहादुर चन्दले जानकारी दिनुभयो । बहस नसकिएकाले लामालाई बुधबार प्रहरी प्रभाव सिंहदरवारमा न्यायीक हिरासतमा पठाइएको थियो । लामा बाबु, भाई र दलबलसहित बुधबार विहान अदालतमा उपस्थित भएपछि बहस सुरु भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ डनविरुद्ध गत जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । परशुराम बस्नेत २ करोड धरौटीमा छुटेका छन् भने चक्रे मिलन जेलमा छन् । अब दिपक मनाङ्गे र अभिशेक गिरीको मुद्दामा सुनुवाई हुन बाँकी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger