Widgets

Home » » मनाङको लगातार दोस्रो जित मनाङ १-० मोहन बगान

मनाङको लगातार दोस्रो जित मनाङ १-० मोहन बगान

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

किङ्स कपमा सोमबार गोल गरेपछि खुसी व्यक्त गर्दै मनाङका दीपक राई ।

काठमाडौ, श्रावण १५ - दीपक राईको लोभलाग्दो गोलसँगै लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीले मोहन बगान सेल एकेडेमीलाई १-० ले पन्छाउँदै भुटानमा भइरहेको किङ्स कप फुटबलमा लगातार दोस्रो जित सोमबार हात पारेको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका ३० खेलाडीमा अटाउन असफल दीपकले खेलको एकमात्र एवं निणर्ायक गोल ५५ औं मिनेटमा गरेका थिए । उनले दुई डिफेन्सलाई छक्याउँदै पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट प्रहार गरेको गोल निकै उत्कृष्ट भएको मनाङका सहायक प्रशिक्षक हेमन्त आलेले बताए । मुख्य प्रशिक्षक अमृत पन्तले अस्वस्थ अनुभव गरेपछि आलेले टिम सम्हालेका थिए । उनका अनुसार पन्त मंगलबार काठमाडौं र्फकंदैछन् । 'जुनियर टिम भए पनि मोहन बगानको टिम-वर्क राम्रो थियो । हाम्रा सबै खेलाडीले मिहिनेत गरेर राम्रो खेले । त्यसैले जित हात लाग्यो,' आलेले टेलिफोनमा कान्तिपुरलाई बताए । सन् २००४ को उपविजेता मनाङ बल पजेसनमा ६०-४० ले अघि रहेको दाबी गर्दै उनले थपे, 'हामीले सुधारिएको खेल पस्कियौं ।' उनका अनुसार फरवार्ड योना इलियस वान भर्सेस वानमा दुईपल्ट चुके । दीपक र सुजल श्रेष्ठको प्रहार बारमा लागे । पहिलो खेलमा भुटानको लिग च्याम्पियन यिदजिनलाई ३-१ ले हराएको मनाङ ६ अंकसहित समूह 'ए'को शीर्षस्थानमा उक्लियो । एनएमबी मछिन्द्र ४ अंकसहित दोस्रोमा छ । यिदजिनको ३, मोहन बगानको १ अंक छ । बंगलादेशको आराम्बागले अंकको खाता खोलेको छैन । गोर्खा कप च्याम्पियन मनाङले अब आरम्बाग र मछिन्द्रविरुद्ध खेल्नेछ । समूह 'बी' मा लक्ष्मी बैंक थ्री-स्टार र बंगलादेशको टिम बीजेएमसी मंगलबार भिड्दै छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger