Widgets

Home » » राहदानी ढिलाइले कामदार समस्यामा आवेदन दिएको तीन महिनासम्म पनि एमआरपी पाएनन्

राहदानी ढिलाइले कामदार समस्यामा आवेदन दिएको तीन महिनासम्म पनि एमआरपी पाएनन्

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

MRP

मलेसिया, श्रावण १५ - दुई वर्षअघि हस्तलिखित राहदानी लिएर काम गर्न आएका नेपाली समयमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) नपाउँदा 'कानुनी हैसियत' गुम्ने चिन्तामा छन् । अस्थायी हस्तलिखित राहदानीको म्याद सकिएपछि भिसा थप्न चाहिने नयाँ राहदानी समयमै नपाउँदा उनीहरूलाई 'ओभरस्टे' गर्नुपर्ने अवस्था आएको हो । एमआरपीका लागि आवेदन दिएको तीन महिनासम्म पनि राहदानी नपाएको उनीहरूको गुनासो छ । 'दूतावासमा निवेदन दिएपछि तेस्रो पटकको स्पेसल पासको म्याद पनि सकिएको पनि १ महिना बढी भइसक्यो तर राहदानी पाइएको छैन,' बातुपहातस्थित एक कागज कम्पनीमा कार्यरत अगमबहादुर तामाङले भने, 'इमिग्रेसन जाँदा स्पेसल पास तीनपटक लिइसकेको र राहदानीको म्याद पनि सकिएकाले नयाँ राहदानी नै चाहिन्छ भनेको छ ।' एमआरपी नपाउनेहरूले ट्राभल डकुमेन्ट लिई अध्यागमनबाट स्पेसल पास लिनुपर्ने बाध्यता छ । त्यसरी लिइने पास बढीमा तीन महिनाको हुन्छ । उक्त पासको म्याद रहुञ्जेल नयाँ राहदानी नपाएमा भिसा थप गर्नसमेत मिल्दैन र कामदार अवैधानिकसरह हुन्छन् । एमआरपी नपाइन्जेल त्यस्तो समस्या हुनेलाई पुनः अर्को अस्थायी राहदानी दिएर अध्यागन पठाइने दूतावासले जनाएको छ । 'यस्तो समस्या पर्नेलाई फेरि अस्थायी राहदानी दिएर र आवश्यक परे अध्यागमनलाई पत्र लेखेरै भए पनि प्रक्रिया अघि बढाउँछौं,' कार्यबहाक राजदूत लेखनाथ भट्टराईले कान्तिपुरसित भने, 'यहाँबाट हामीले सक्दो छिटो गरेरै पठाइरहेका छौं । नेपालमै समय लागेको छ ।' ओभरस्टे भइसकेकालाई वैध अवस्थामा ल्याउन कामदारलाई थप आर्थिक भारका साथै उत्तिकै झन्झटिलोसमेत हुने जानकारहरू बताउँछन् । भिसा सकिन ४/५ महिनाअघि नै आवेदन दिन सुझाए पनि कतिपय नेपाली ढिलो आइदिँदा स्पेसल पास लिनुपर्ने बाध्यता बनेको दूतावासका अधिकारीको भनाइ छ । 'त्यतिखेरै ४/५ महिनाअघि नै आउनुस् भनेका थियौं,' श्रम सहचारी अमलकिरण ढकालले भने, 'अहिले अस्थायी राहदानीको म्याद सकिन थालेपछि अन्तिम घडीमा बनाउन आउनेल्ााई यस्तो समस्या भएको छ । त्यसैले स्पेसल पास लिनुपर्ने भएको हो ।' मलेसियाले दुइ वर्षअघि ल्याएको आममाफी कार्यक्रमअन्तर्गत वैध हुन चाहनेलाई दूतावासले दुई वर्षका लागि मात्र उपयोग गर्न मिल्नेगरी हस्तलिखित राहदानी वितरण गरेको थियो । त्यतिबेला वितरित अधिकांश राहदानीमा भिसा र कतिपयमा म्यादसमेत सकिएकाले एमआरपीका लागि दूतावासमा धमाधम आवेदन दिएका छन् । 'राहदानी नपाउँदा भिसा थप्न समस्या भएको छ,' पुचोङस्थित कम्पनीमा कार्यरत अर्का एक नेपालीले भने, 'तीन महिनासम्म स्पेसल पास लिइसकेँ अब एक सातामै स्पेसल पासको पनि म्याद सकिँदैछ, राहदानीको अत्तोपत्तो छैन ।' दूतावासले गत २०११ डिसेम्बर ३ देखि हस्तलिखित राहदानी वितरण थालेको थियो । अवैध हैसियतमा रहेका नेपाली वैध बनाउन एमआरपी ढिलो हुने हुँदा त्यतिबेला हस्तलिखित राहदानी नै वितरण गरेको थियो । तीमध्ये करिब ५ हजार ३ सय ६४ जनाले एमआरपी लिइसकेका दूतावासको वेबसाइटमा उल्लेख गरिएको छ । तर यीमध्ये कतिपय हस्तलिखित राहदानी लिएका तर वैधता कार्यक्रममा सामेल नभएकाहरू पनि छन् । समस्या हुनेलाई दूतावासले एमआरपी ढिलाइका कारण जनाउँदै १ महिने स्पेसल पास दिन अनुरोधसहित पत्र दिँदै अध्यागमन कार्यालय पठाउँदै आएको छ । 'एमआरपी नपाइन्जेल स्पेसल पासका लागि आग्रह गर्दै एक पत्रसहित अध्यागमन पठाइरहेका छौं,' उनले भने, 'पत्रको आधारमा अध्यागमनले १ महिनाको स्पेसल पास दिने गरेको छ । यस्तो पास तीनपटकसम्म पाइन्छ ।' तीनपटक पास लगाउँदा तीन सय रिंगिट सकिएको तामाङले बताए । उनले भने, 'अब त्यो सबै खर्च मालिकले कामबाट कटाउँछु भनेको छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger