Widgets

Home » » हत्याका आरोपी १५ वर्षपछि पक्राउ

हत्याका आरोपी १५ वर्षपछि पक्राउ

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
धादिङ, असार १८ - ज्यान मार्ने घटनामा संलग्न धादिङका एक युवालाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । २०५५ पुष १९ गते राति धादिङ सेमजोङ्ग गाविसका दुर्गा बहादुर गुरुङको हत्या गरी फरार रहेका सेम्जोङ निवासी टोके तामाङलाई खोजी गरेको धेरै पछि मात्र प्रहरीले पक्राउ गर्न सफल भएको छ । आपसी मतभेदका कारण २०५५ साल पुष १९ मा उनले आफू सहित ९ जना युवाको संलग्नतामा छिमेकी दुर्गा बहादुर गुरुङको हत्या गरी फरार भएका थिए । तामाङ लुकीछिपी नेपाल र साउदी अरबमा बस्दै आएको खुलेको छ । वास्तविक नाम टोके तामाङ रहे पनि उनले नक्कली नाममा नागरिकता र पासपोर्ट बनाइ लुकीछिपी बसिरहेका थिए । हत्या गरी फरार रहेका तामाङलाई जिल्ला अदालत धादिङले २०६७ जेठ २३ गते २० वर्ष कैद सजाया तोकेको थियो । बाबुको नाम फरक पारी जिल्ला प्रशासन कार्यालय धादिङमा पासपोर्ट बनाउन लागेको अवस्थामा सुराकीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबारनै अदालतमा पेश गरी कारागार चलान गरिएको बताईएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger