Widgets

Home » » लिम्बुवानमा नांगो सिनेमा बन्द, जीयाको भित्री बस्त्र निशानामा

लिम्बुवानमा नांगो सिनेमा बन्द, जीयाको भित्री बस्त्र निशानामा

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमामा अश्लिलता हाबी हुँदै गएपछि लिम्बुवान चलचित्रकर्मी संघले कडा कदम चाल्ने छनक देखाएको छ । लिम्बुवान चलचित्रकर्मी संघले आइतबार सम्म पूर्वका सम्पुर्ण हलमा पत्र काटी यस्ता सिनेमा नचलाउन आग्रह गर्ने निर्णय गरेको छ । सम्पुर्ण सिने नगरीलाई नै दुर्गन्धित बनाउने गरी निर्माण भएका अश्लिल सिनेमालाई निरुत्साहीत गर्न यस्तो कदम चालिएको अध्यक्ष उदय सुब्बाले अनलाइनखबरलाई जानकारी दिएका छन् ।उनले निर्माता संघ, पत्रकार, चलचित्रकर्मीले अश्लिल भनेको सिनेमालाई लिम्बुवान क्षेत्रमा प्रदर्शन गर्न नदिने बताए । अध्यक्ष सुब्बाले सिनेमा भित्रका अश्लिल दृश्यहरु काट्नका लागि निर्मातालाई पनि पत्र काट्ने तयारी भएको जानकारी दिएका छन् ।
चलचित्र सेन्सर बोर्डले चलाउन भनी पास गरेको सिनेमालाई रोक्ने अधिकार तपाइहरुलाई कसरी हुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा उदयले भने, ‘राज्यले सबै काम राम्रो गर्छ भन्ने छैन, कतिपय कामहरु राज्यले पनि गलत गर्छ जुन हामीले सच्चाउनु पर्छ ।’ उनले चलचित्र सेन्सर बोर्डका अध्यक्षलाई आफूहरुले भेटेर लूट, चपली हाइट जस्ता सिनेमा पास गरेर बोर्डले नेपाली सिनेमामा अश्लितता भित्राउन सहयोग गरेको बताएको जानकारी दिए ।
‘देशैभरी यस्ता खालका सिनेमाहरुमा रोक लगाउनु पर्ने हो तर अहिले तत्काल हामीले लिम्बुवान क्षेत्रमा मात्र यस्तो कदम चाल्न लागेका छौ, उदयले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger