भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने बताउनु भएको छ । एक ब्यक्तिको लहडमा मुलुक चल्दा समस्या उत्पन्न भएको उहाँको भनाई थियो ।
चार दलले निर्वाचन नचाहेको आशंका ब्यक्त गर्दै उहाँले भन्नुभयो-’प्रचण्ड चुनावको विरोध गर्नेलाई वाईसीएल लगाएर गाँउबाट लखेट्ने कुरा गर्दैछन, निर्वाचनको मिति घोषणा बढेपछि प्रचण्ड र बाबुराम भट्टराईको जुहारी चल्नु र पूर्व राजाले राहत बाडेको विषयमा बाबुराम भट्टराई उत्तेजना फैलाउँदैछन यसबाट उनीहरुले निर्वाचन नचाहेको प्रष्टिएको छ । चार दलले पनि हामि नै सर्वेसर्वा हौं भन्ने हो भने संविधानसभा चुनाव हुन सक्दैन ।’
मोहन बैद्य, उपेन्द्र यादव र अशोक राई सहितका असन्तुष्ठ दलहरु नआए पनि निर्वाचन हुन सक्ने तर, त्यस्तो निर्वाचन सार्थक निर्वाचन हुन नसक्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा एमाले एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले असन्तुष्ट पक्ष, तराईका भूमिगत समूहको बढ्दो सक्रियत, समानुपातिक प्रतिनिधित्व र एमाओवादी-मधेसवादीको शंकास्पद ब्यवहारकै कारण चुनाव हुनेमा आशंका बढेको बताउनु भयो । मंसिर ४ गते कुनै पनि हालतमा निर्वाचन गर्नु पर्ने भन्दै उहाँले भन्नुभयो-’एमाले चुनावमा होमिने खुट्टा उठाएर बसेको छ । हामिले २४० निर्वाचन क्षेत्रमा प्रशिक्षण गरेर प्रारम्भीक रिपोर्ट समेत तयार पारिसकेका छौं । हामी पहिलो पार्टी हुने अवस्था छ ।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.