भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ साउन, काठमाडौं । निर्वाचनको मुखमा कुनै पनि दललाई चन्दा नदिने एवं पछि लाभ लिने उद्देश्यले कुनै पनि दलको समर्थन वा विरोध नगर्ने आचार संहिता जारी गरेपछि नेपालका चर्चित घरानिया उद्योगीहरुको सभासद बन्ने ढोका बन्द भएको छ । आफैंले बनाएको आचार संहिता पालना भएमा पूर्वसभासद पद्म ज्योति, राजेन्द्र खेतान, विनोद कुमार चौधरी, दिवाकर गोल्छा र मोतीलाल दुगडले अब कुनै पनि दलमा प्रवेश गरेर सभासद बन्न सक्नुहुन्न ।
आचार संहिताको ६ नम्बर दफाले पछि लाभ प्राप्त गर्ने उद्देश्यले चन्दा नदिने भनिसकेपछि राजनीतिक लाभको पदमा उद्योगीहरु सहभागी हुनु आचारसंहिता विपरीत ठहरिने भएको छ । विगतमा भने विभिन्न दललाई भारी रकम चन्दा दिएर उद्योगपतिहरु सभासद भनेका थिए । अहिले राजनीतिक दललाई समर्थन वा विरोध नगर्ने बताउने एनबीआइका अध्यक्ष पद्म ज्योति पनि विगत संविधानसभामा माओवादीबाट सभासद बन्नुभएको थियो ।
त्यसैगरी गत संविधानसभामा गोल्छा अर्गनाइजेसनका दिवाकर गोल्छा नेपाली कांग्रेसका तर्फबाट सभासद बन्नुभएको थियो भने चौधरी ग्रुपका विनोदकुमार चौधरी एमाले, खेतान समूहका राजेन्द्र खेतान माले र अहिले ‘नवनेपाल निर्माण पार्टी खोलेर’ बुद्धिजीवी भन्नेहरुको पनि बुद्धि भुट्न सफल दुगड समूहका मोतीलाल दुगड गत संविधानसभामा चन्दाकै बलबाट नेपाल सद्भावना पार्टी आनन्दीदेवीका तर्फबाट सरिता गिरीसँगै सभासद बन्नुभएको थियो ।
सबै व्यापारिक घरानियाँहरुले सभासद बन्ने होडबाजी गरेको देखेपछि राजेन्द्र खेतानले नेकपा मालेका सीपी मैलानीलाई भारी रकम चन्दा दिएर समानुपातिका ६२ नम्बरमा उमेद्वार एवं सिन्धुलीका माले कार्यकर्ता बेचबहादुर हायुलाई नियमित रकम बुझाउने शर्तमा सभासद पद किनेको थिए । पछि खेतानले शर्त बमोजिम पैसा नदिएको हायुले गुनासोसमेत पोखेका थिए ।
संविधानसभामा भूमिसुधार र बाफियाको बिरोध
ब्यापारिक घरानियाँहरुले विगत संविधानसभामा आफ्नो सहभागिता जनाएर सामाजिक सम्मान पाउने आफ् अभिष्ट पूरा गर्नुका साथै उद्यम व्यवसायमा पनि सभासद हुनुको पfmइदा राम्रैसँग उठाए । तर, यसका अतिरित्त उनीहरुले आफ्नो वर्गीय धर्मअनुसार संविधान निर्माणका क्रममा विभिन्न उपसमितिहरुमा भूमिसुधारविरुद्ध आफ्नो मत बलियोसँग दर्जसमेत गरे । व्यवसायिक घरानियाहरुले भूमिसुधारको विरोधमा व्यक्त गरेको हस्ताक्षर अहिले पनि दस्तावेजमा हेर्न पाइन्छ ।
त्यसैगरी उद्योगी पूर्वसभासदहरुले बैंक तथा वित्तीय सेवा सम्बन्धी ऐनको मस्यौदामा समेत आफ्नो प्रभाव जमाए । आफैं व्यापारिक समूह सञ्चालन गर्ने, आफैं बैंक पनि खोल्ने र जनताले संकलन गरेको निक्षेप आफैंले ऋणका रुपमा प्रयोग गर्ने गरेको भन्दै पूर्वसभासद हरि रोकाको समितिले कडा प्रतिवाद गरेपछि घरानिया समूहका सभासदहरुले रोका विरुद्ध एमाओवादी अध्यक्ष प्रचण्डलाई समेत कुरा लगाएका थिए । तर, रोकाले उद्योगी आफैंले बैंक खोल्न नपाइने अडान राखेका थिए ।
फेरि पनि चन्दा पाइने नेताहरुको विश्वास
यतिबेला उद्योगीहरुले दलका नेतालाई चन्दा नदिने जुन आचारसंहिता बनाएका छन्, त्यसलाई उनीहरु आफैंले पालना गर्ने सम्भावना निके कम रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । सभासद बन्न पल्केका उद्योगीहरु फेरि पनि सभासद बनाइदिनुपर्यो भन्दै आफैं चन्दा बोकेर दलका ढोकामा आइपुग्ने विश्वासमा छन् केही नेताहरु ।
आचार संहिताको अंश
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.