Widgets

Home » » होसियार चुरोटले तालु खुइले बनाउला

होसियार चुरोटले तालु खुइले बनाउला

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


ब्रिटेनका अनुसन्धानकर्ताहरुले अहिले यो पत्ता लगाएका छन कि चुरोट खाँदा त्यसले फोक्सो मात्र बिगार्ने होइन अनुहारको छाला छट्टै चाउरे बनाउने र टाउकोको रौ सेतो हुने रोग समेट लाग्छ । त्यती मात्र नभई चुरोट खानुकै कारणले कतीपय मानिसमा तालुखुईलिने रोग पनि लागेको पत्ता लागेको छ । रौ सेतो हुने र तालुखुईलिने कारणमा चुरोट सँग के कती सम्बन्ध छ भन्ने बारे अनुसन्धान गरेको उक्त समुहले "ब्रिटिश मेडिकल जर्नल" मा निकालेको रिपोर्ट अनुसार सबै उमेर समुहका महिला र पुरुषमा गरिएको सर्बेक्षणले देखाएको नतिजामा तालुखुइले भईसकेका पुरुष मध्य ३५ प्रतिसत चुरोट खाने छन भने २१ प्रतिसत चुरोट नखाने छन , यस्तै चुरोट खाने मध्य १२ प्रतिसतको मात्र रौ पहिले जस्तो थियो त्यस्तै छ भने चुरोट नखाने मध्य ३२ प्रतिसतको रौ को कलर चेन्ज भएको छैन । ६०० जना रोगीहरु बिच गरिएको यो अद्ययनमा यो कुरा त पत्ता लगाउन सकिएन कि उनिहरुको रौ फुल्नुको कारण चुरोट नै हो कि होइन भनेर । तर अर्को एउटा अध्ययनने यो सिद्द गरेर देखाएको छ कि चुरोट खानेहरुको अनुहार चाडैनै चाउरे पर्न थाल्छ भन्नुको मतलब अनुहार उमेर अनुसार जसरी चाउरे पर्दै जानु पर्ने हो त्यो भन्दा अगाडिनै चाउरे पर्न थाल्छ । यस्तो हुनुको कारण यो पनि हुन सक्छ कि चुरोट खाने मान्छेहरुलाई अनेक किसिमको रोग लाग्छ र यस्तै रोगको कारण त्यो मान्छेको अनुहार उमेर भन्दा अगाडिनै फरक देखिन गई चाडैनै बुढा बुढी जस्तै देखिन थालेको । 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger