Widgets

Home » » उध्रेको चोली पैसा पाए जे पनि ....... शुष्मा .

उध्रेको चोली पैसा पाए जे पनि ....... शुष्मा .

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पैसा देखेपछि महादेवको पनि तीन नेत्र भनेको हो रहेछ बा । नायिका सुष्मा कार्कीलाई नै हेर्नोस् न । व्यावसायिक रूपमा अत्यधिक सफल मानिएको फिल्म लुटमा उध्रेको चोली मेरो बोलको आइटम नम्बरमा आइटम डान्स गरेपछि रातारात उनको भाग्य खुल्यो । देशविदेश सबैतिर सुष्माको राम्रो माग भयो । दुईचार फिल्ममा नायिकाकै रूपमा काम गरिसके पनि माथि आउन नसकेकी उनलाई फिल्ममा पनि भटाभट अफर आउन थाले । राम्रो रकम आउने भएपछि अगाडि आएका जस्तोसुकै रोल पनि उनले आँखा चिम्लेर गर्न थालिन् । राजेश हमालजत्तिको स्टारले त रोल नहेरी अफर आएका सबैजसो फिल्म खेल्ने क्षेत्रमा सुष्माले यसो गर्नु अस्वाभाविक पनि थिएन । तर अस्वाभाविक र असुहाउँदो कुराचाहिँ के भइदियो भने ग्ल्यामर इमेज बनाइसकेकी उनले कमेडी सिरियलमा पनि काम गर्न थालिन् । मेरी बास्सै प्रसारण हुने नेपाल टेलिभिजनको शनिबार रातिको प्राइम टाइम हात पार्न सफल सिस्नु पानी झ्याम्मैमा त्यसको निर्माण समूहले अलिकति राम्रो पैसा दिने सर्तका साथ अभिनय गर्ने अफर गर्नासाथ सुष्माले आँखा चिम्लेर त्यसलाई स्वीकार गरिन् । लुटमा कामुक आइटम डान्स गरेर सबैको ध्यान खिच्न सफल भए पनि तीते जिरे मेरी बास्सै गाईजात्रा महोत्सवमा त्यही डान्समा फितलो देखिएकी सुष्मा सिस्नु पानी झ्याम्मैका कलाकारमध्येमै फितलो र फिक्का देखिँदा पनि साप्ताहिक रूपमा ह्यान्डसम मनी पाउने भएपछि अझै त्यसमा झुन्डिरहेकी छिन् । आखिर पैसाको जो सवाल छ, हैन मिस उध्रेको चोली ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger