Widgets

Home » » हमालसँग किन तर्किइन् त निशा ? ......

हमालसँग किन तर्किइन् त निशा ? ......

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सौन्दर्य प्रतियोगितामा विजयी भएपछि प्राय: युवतीहरू नेपाली चलचित्रलाई गाली गरेकै शैलीमा भन्ने गर्छिन् ‘फिल्म त खेल्दिनँ’ जसले सबैभन्दा बढी यसो भन्ने गर्छ, उही नै पछि फिल्मको कीरा भएर निस्कने गर्छ । निशा अधिकारीलाई नै हेर्नोस्, उनी पनि एउटा सौन्दर्य प्रतियोगिताको उपाधि जितेपछि चलचित्र क्षेत्रलाई घृणा गरेसरी यस्तै केही भन्ने गर्थिन् । तर पछि गएर उनी हिरोइन भएर फिल्ममा देखिन थालिन् । अहिले पनि फिल्म खेलिरहेकै छिन् । यिनै मोडल हिरोइनले राजधानीमा भएको एक सांस्कृतिक कार्यक्रममा अनौठो व्यवहार देखाइन् । सभा समारोहमा ढिलो पुगे आफ्नो मान रहने ठान्ने स्टारझैं तीज विशेष सो कार्यक्रममा निशा पनि ढिलै पुगिन् । उनी पुग्दा अधिकांश कलाकार कार्यक्रममा आइसकेका थिए । निशालाई देख्नासाथ आयोजकका तर्फबाट उनलाई अतिथिका रूपमा अघिल्लो रो बस्न अनुरोध गरियो । निशाले त्यसै गरिन् । उनीभन्दा अघि नै त्यहाँ नायक राजेश हमाल र चरित्र अभिनेत्री लक्ष्मी गिरी अतिथिकै रूपमा बसिरहेका थिए । निशाले लक्ष्मीलाई ढोगेजस्तो गरिन्, तर हमाललाई भने बाल दिइनन् । यसो गर्दा सायद निशालाई आफू पनि ठूलै स्टार भएको गर्व भएको हुनुपर्छ । जय होस्, स्टार सुन्दरीको ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger