Widgets

Home » » सुष्माको उमेर बतायो बर्थडे क्यान्डलले

सुष्माको उमेर बतायो बर्थडे क्यान्डलले

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


चलचित्र लुटको उध्रेको चोली मेरो बोलको गीतको यौनोत्तेजक आइटम डान्सपछि एकाएक चर्चाको चुलीमा आएकी नायिका सुष्मा कार्कीले यसपालि धुमधामका साथ बर्थडे मनाइन् । उनको बर्थडे पार्टीमा उनकै नजिकका कलाकार र केही आफन्त थिए । सबैजसोको एउटै प्रश्न थियो– ‘कति वर्षकी भयौ त तिमी ?’ सोध्नेहरू पनि उस्तै केटी मान्छेको उमेर पनि सोध्छन् त ? त्यहाँमाथि भर्खर भर्खर चलचित्र क्षेत्रमा जम्दै गएकी नायिकाको ? सुष्मा पनि कम्तीकी रहिनछिन् नि ? नसोध्नु सोधिसकेपछि भनिदिए भइहाल्थ्यो । बर्थडेमा बोलाउने, क्यान्डल बालेर केक पनि काट्ने अनि उमेर सोध्दा नभन्ने त ? उनी सोध्नेहरू प्राय: सबैलाई टारिदिन्थिन् ‘खै थाहा छैन ।’ उनलाई थाहा नभएर के भो त ? उनले बालेको दुई दर्जन क्यान्डलले थाहा दिइरहेको थियो कि उनी २४ पुगेर २५ मा लागिन् भनेर । तर सोध्नेहरू पनि अचम्मका क्यान्डल गने भइगो नि, के जिस्काएर कति वर्ष भयौ भनेर सोध्नुपर्ने होला ? हैन त सुष ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger