Widgets

Home » » जहाँ समस्या, त्यहीं स्टाइल

जहाँ समस्या, त्यहीं स्टाइल

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नीता ढुंगाना नेपाली फिल्म क्षेत्रमा आएदेखि न अगाडि बढ्न सकेकी छिन्, न त पछाडि नै परेकी छिन् । असफल भइनसकेकी उनी सफल पनि हुन सकेकी छैनन् । तर फिल्मको नायिका बनेरै सफलता पाउन लालायित छिन् । दुर्भाग्य नै भन्नुपर्छ सवारी दुर्घटनामा परेर गाला कोरिएपछि उनी झन्डै आधा महिना पर्दामा आउन सकिनन् । दुर्घटनाका कारण गालामा भएको उनको घाउ त पुरियो तर दागले छोडेन । पर्दामा सुन्दरता झल्काउने अनुहारमै दाग बसेपछि उनलाई समस्या पर्‍यो । पर्दामा त अनेकन उपाय लगाएर दाग लुकाउन सकिन्छ, फिल्मका सभा समारोहमा सधैं यसो गर्न त सम्भव नहुन पनि सक्छ । तर बाठी स्वभावकी नीतालाई यसो गर्न पनि सम्भव भयो । जस्तो हेर्नोस् न योगेश घिमिरेको निर्देशन र निर्मात्री तथा अभिनेत्री प्रज्ञा जोशीको निर्माणमा बनिरहेको फिल्म नोटबुकले अचानक सुटिङ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरिदियो । आफैंले अभिनय गरिरहेको फिल्मको पत्रकार सम्मेलनमा त उपस्थित हुनै पर्‍यो । तर सम्मेलनमा सहभागी हुने क्रममा सञ्चारमाध्यमका फोटोग्राफर र क्यामराम्यानले तस्वीर भिडियो त खिच्ने नै भए । क्यामरा आफूतर्फ फर्किंदा गालाको दाग प्रस्टै देखिने समस्या उनलाई थियो । नीताले आइडिया लगाइन् । दाग भएको गालातिरको भागलाई हरहमेसा कपालले छोपिदिइन् । स्टाइल पनि देखिने दाग पनि छोपिने ? वाह ? क्या आइडिया मिस ढुंगानाको ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger