Widgets

Home » » अब देखिने छैन ग्रामीमा यस्तो कामुकता

अब देखिने छैन ग्रामीमा यस्तो कामुकता

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विश्व संगीत जगत्को ओस्कार अवार्ड मानिँदै आएको ग्रामी अवार्डमा यो वर्षदेखि नाम मात्रको लुगा लगाएर दर्शक र फोटोग्राफरको ध्यान खिच्नबाट म्युजिकल सेलिब्रेटीहरू वञ्चित भए । यस वर्षको छछऔं ग्रामी अवार्डको पूर्वसन्ध्यामा आएर सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजन सीबीसीले पहिरनसम्बन्धी कडा कानुन जारी गरेपछि उनीहरू यस्ता यौनोत्तेजक पहिरन लगाएर मञ्चमा जानबाट वञ्चित भएका हुन् । समारोहअघि नै सो टेलिभिजनले सम्पूर्ण सेलिब्रेटीलाई स्तन र नितम्ब छोपिने गरी पोसाक लगाउन औपचारिक रूपमै अनुरोध गरेको थियो । वक्षस्थल र नितम्ब ढाकिए पनि साइडमा काटिएको पहिरनसमेत लगाउन नपाइने र स्तन वा नितम्ब प्रस्टिने पारदर्शी वा अर्धपारदर्शी पहिरनमाथि पनि यसपालि बन्देज लगाइएको एजेन्सीले जनाएको छ । सन् २००४ सुपर बल हाफटाइम शोमा यौनोत्तेजक पोसाक लगाएकी चर्चित गायिका ज्यानेट ज्याक्सनको कार्यक्रम प्रसारण गरेका कारण संघीय सञ्चार आयोगले सीबीसीलाई जरिवाना तिराउने निर्णय गरेको थियो । यद्यपि पछि त्यो निर्णय उल्ट्याइएको थियो । ग्रामी अवार्डको विगतका समारोहमा खास गरी आधा दर्जन कामुक महिला कलाकारले भड्किला पोसाक लगाएर सबैको ध्यान तानेका थिए । ती यस्ता थिएः

परे स्टेजमै लुगा फुकाल्न पछि नहट्ने रिहानाका यो पहिरनले शरीर छोप्नुभन्दा बढी नंग्याउन खोजेको देखिन्छ । २४ वर्षीया उनले यो अर्मानी ड्रेस गत वर्षको ग्रामी अवार्डमा लगाएकी थिइन् ।

 वर्षीया रक एन्ड ब्ल्युज गायिका टोनी ब्राक्सटोनले सन् २००१ को ग्रामीमा यस्तो पहिरनमा आफ्नो गीत हि वज नट म्यान एनफका लागि अवार्ड थापेकी थिइन् । उनले त्यति बेला विवाह गरी सन्तान पाउनुअघि त्यो ड्रेस लगाउने निर्णय गरेको बताएकी थिइन् । सोही वर्ष केरी लेविससँग विवाह गरेकी उनी डेनिम र डिएजल नामका दुइ सन्तानकी आमा पनि भइन् । विवाहका आठ वर्षपछि उनी पतिसँग छुट्टिएकी थिइन् ।


 
३७ वर्षीया गायिका फर्गीले सन् २००४ को ग्रामी अवार्डमा यो पोसाक लगाएकी थिइन् ।











२६ वर्षीया भिक्टोरियाज सिक्रेट्सकी मोडेल एन्ने भ्यालित्सिनाले गत वर्षको ग्रामी अवार्डमा यो पोसाक लगाएकी थिइन् ।






अमेरिकी मोडलअभिनेत्री तथा टेलिभिजन प्रस्तोता ट्रायसी बिंगामले सन् २००१ को समारोहमा गरगहनाले भरिएको वुव कोम्बोसहितको यो पोसाक लगाएकी थिइन् । चर्चित टेलिसिरियल वेवाचकी ४५ वर्षीया यी पूर्वअभिनेत्रीले सम्भवतः आइन्दा यस्तो लुगा लगाउने आँट गर्ने छैनन् ।












४३ वर्षीया जेनिफर लोपेजले सन् २००० को समारोहमा छातीको भाग धेरै देखिने यो पोसाक लगाएकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger