भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड अभिनेत्री सोनम कपुरले आफ्नो परिवारका सबै सदस्य विवाह संस्थामा विश्वास नगर्ने बताएकी छिन् ।
सोनमले उनका पिता अनिल कपुरसहित परिवारको सबै सदस्य विवाह भन्ने संस्थाको विपक्षमा रहेको बताउँदै विवाहमा विश्वास गर्ने निकै पुरानो विचार भएको बताएकी छिन् ।
जो व्यक्तिले पनि आफूसँग विवाह गर्दा पिता अनिल कपुर र परिवारको ६ भाईलाई मनाउन सक्नुपर्ने सोनमको भनाई छ । 'स्टारडस्ट' को नयाँ अंकको कभर लञ्चको अवसरमा उनले यस्तो बताएकी हुन् ।
अनिल कपुरको कान्छी छोरी र सोनमकी बहिनी रिया र उनको प्रेमी करण बुलानीले आगामी महिनामा विवाह हुने भन्ने खबरको खण्डन गर्दै सोनमले रिया अझै बच्ची भएको र उसले यति छिटै विवाह नगर्ने उनले बताएकी हुन् ।
सोनमको अनुसार रियाले अझै पाँच,६ वर्ष विहे गर्दिनन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.