Widgets

Home » » महिलाको अनौठो धन्दा- नागरिकता फेर्दै, बिहे गर्दै, अंश माग्दै

महिलाको अनौठो धन्दा- नागरिकता फेर्दै, बिहे गर्दै, अंश माग्दै

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ असार, गुल्मी । एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको खुलेको छ । विवाह भइसकेकी तीन महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भउको नागरिकता निकालेर पुनः विवाह गरेकी छिन् । उनले विवाह गर्दै अंश माग्ने गरेकी छिन् । दिमाग-७ की छोरी तारा भनिने हरिकला झाँक्रीले दुईवटा नाममा नागरिकता निकालेकी हुन् । उनले २ जेठ ०६४ मा पल्लकोट १ का लिबहादुर झाँक्रीको श्रीमतीका रुपमा ४११०१७/६५७१११ नम्बरको नागरिकता बनाएकी थिइन् । उनले त्यसपछि ६ कात्तिक ०६५ मा अविवाहिताका रुपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी ८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेस्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेको नयाँ पत्रिकामा खबर छ । उनका तीनवटा नागरिकतामा जन्ममिति पनि फरक फरक रहेको छ । हरिकला नामको पहिलो नागरिकतामा जन्ममिति २७ चैत ०४० उल्लेख छ । गीतादेवी नामको दोस्रो र तेस्रो नागरिकतामा २७ चैत ०३८ उल्लेख छ । डेढ बर्षको अवधिमा गुल्मी जिल्ला प्रशासनबाट लिएका दुईवटै नागरिकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर छ । नागरिकता बनाउने प्रयोग गरेका कागजपत्र पनि उनले फरक फरक उल्लेख गरेकी छन् । पहिलो श्रीमानको मृत्यु भएपछि सम्पूर्ण जग्गा आफ्नो नाममा सारी दोस्रो श्रीमानको काठमाण्डौंमा रहेको जग्गा पनि आफ्नो नाममा नामसारी गराइदिन माग गरेपछि बढेको विवादका कारण उनीसँग तीनवटा नागरिकता रहेको खुलासा भएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger