Widgets

Home » » लठ्याएर २ दिनसम्म बलात्कार

लठ्याएर २ दिनसम्म बलात्कार

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Rape victim

परासी, असार २३ - अपहरणपछि लठ्याउने औषधि सुँघाएर कुडिया ८ की एक बालिकालाई २ दिनसम्म बलात्कार गरेको आफन्तले बताएका छन् । बलात्कृत बालिकामा मानसिक समस्या छ । २ दिनसम्म बलात्कार गरेर उखुबारीमा बेहोस अवस्थामा छाडिएको आफन्तले जनाए । बालिका सदरमुकामस्थित महिला विकास कार्यालयको अल्पकालीन सेवा केन्द्रको आश्रयमा छिन् । केन्द्रकी संयोजक निशा चौधरीका अनुसार बालिका अर्धचेत छिन् । 'मानसिक उपचार गराउनुपर्ने देखिएको छ,' चौधरीले भनिन्, 'बलात्कारीले धम्काएको हुन सक्छ ।' बालिकाले कति बेला आफूलाई केही नभएको र कुनै बेला रूमालले मुख छोप्दा बेहोस भएको र होस आउँदा नांगो अस्वथामा रहेको बताउने गर्छिन् । असार १७ गते घरबाट सम्पर्कविहीन भएकी बालिका ३ दिनपछि गाउँ नजिक उखुबारीमा बेहोस फेला परेकी थिइन् । बेहोस बालिकालाई इप्रकाले उपचारार्थ सरकारी अस्पतालमा नलगी दाउन्नेदेवी गाविसको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्‍याएको आरोप स्थानीयले लगाए । सामुदायिक अस्पतालले शुक्रबारसम्म उपचार भइरहेको भन्दै बालिका भर्ना गरेर राखेको थियो । पीडित पक्षको तर्फबाट दबाब दिएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । तर सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा बालिकाको शारीरिक परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको केन्द्रले जनायो । 'पोजेटिभ रिपोर्ट आयो,' संयोजक चौधरीले बताइन् । अस्पतालका चिकित्सक विश्वनाथ रणपालका अनुसार बालिकाले गुप्तांग दुखेको बताएकी थिइन् । 'योनी नजिक घाउ देखिएन,' उनले भने, 'योनीरस परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger