भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ईराकस्थित एक कम्पनीमा कार्यरत् सातजना नेपाली युवा त्यहाँको प्रहरीद्वारा पक्राउ परेका छन् । खोटाङ घर भइ पछिल्लो समय मोरङको सुन्दरपुर १ मा बसोबास भएका ३२ वर्षीय ध्रुव तामाङलगायत पक्राउ परेका हुन् । अघिल्लो साता पक्राउ परेकामा धनकुटाको खोकु छिन्ताङ ४ का सन्तोष राईसमेत छन् । अरु युवकको नाम ठेगाना खुलेको छैन । तामाङकी श्रीमती देशकुमाका अनुसार उनीसँगै गएका साथीहरुले टेलिफोन सम्पर्क गरी ती नेपाली युवा पक्राउ परेको जानकारी दिएका हुन् । सात नेपाली र अरु केही विदेशीसहित गरी एकसाथ ३० जनालाई ईराकी प्रहरीले पक्राउ गरेको जानकारी टेलिफोनमा आएको तामाङको भनाई छ । उनीहरु इराकी अर्केल नामक कम्पनीमा सन् २००६ देखि कार्यरत् थिए । के कारणले पक्राउ परेको भन्ने जानकारी नभएको उनका साथीहरुले परिवारलाई बताएका छन् । पक्राउ परेका युवाका परिवारका अनुसार पक्राउ परेको भन्ने खबर आएयता उनीहरुसँग सम्पर्क हुन सकेको छैन । परिवारले आफन्तलाई इराकबाट उद्धार गरी ल्याइदिन अपिल जारी गरी सरकारसँग आग्रह गरेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.