Widgets

Home » » अश्लील सीडीले भारतीय मन्त्रिीको जागिर गयो

अश्लील सीडीले भारतीय मन्त्रिीको जागिर गयो

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Raghav ji

भारतको मध्यप्रदेशका वित्तमन्त्री एवं भारतीय जनता पार्टीका बरिष्ठ नेता राघवजीले अश्लील सिडि प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन् । युवा घरेलु कामदारले उनीमाथि अप्राकृतिक यौन दुराचारको आरोप लगाउँदै प्रहरीमा ऊजुरी दिएका छन् । यस बारेमा सार्वजनिक भएको सिडिमा उनी आपत्तिजनक स्थितिमा देखा परेका छन् । ८० वर्षे राघवजीले मुख्यमन्त्री शिवराज सिंह चौहान समक्ष राजीनामा दिएका छन् । सिंहले उनीसँग स्वयं राजीनामा मागेको सार्वजनिक भएको छ । वित्तमन्त्रीले आफूमाथि लागेको आरोपको सामान्य ढंगले खण्डन गरेका छन् । ती युवक गरिब परिवारको भएको र आफूले सहयोग गर्दै आएको उनले बताएका छन् । ती कामदार मन्त्रीकै गृहनगर विदिसा जिल्लाका वासी हुन् । प्रहरीको ऊजुरीमा उनको ३ वर्षदेखि शारीरिक शोषण भइरहेको भनिएको छ । उनले सन २००४ देखि २०१३ सम्म लगातार बजेट प्रस्तुत गरेको रेकर्ड बनाइसकेका छन् । उनी मध्यप्रदेशको भाजपा नेतामध्ये एक हुन् । उनी चार पटक विद्यायक, लोकसभा र राज्य सभाका सदस्य पनि रहिसकेका छन् । मुख्यमन्त्री चौहानले जलस्रोत मन्त्री जयन्त मलैयालाई वितमन्त्रालयको जिम्मबारी पनि दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र पीडितको चिकित्सकीय जाँच गरिने बताएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger