Widgets

Home » » अख्तियारले माग्यो मावली-ससुरालीको समेत सम्पत्ति

अख्तियारले माग्यो मावली-ससुरालीको समेत सम्पत्ति

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१८ असार, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेको मावलीदेखि ससुरालीसम्मको सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको छ ।
aktiyarभ्रष्टाचार अभियोगमा अनुसन्धानको दायरामा रहेका १ सय २० उच्च सरकारी अधिकारीको सम्पत्ति छानविन थालेका अख्तियारले कार्यालयमै बोलाएर सम्पूर्ण आफन्तको आर्थिक विवतरण पेस गर्न निर्देशन दिएको मंगलबार प्रकाशित राजधानी दैनिकमा खबर छ ।
बैंक लकर रोक्का रहेका ९६ जना र छानबिनको दायरामा ल्याइएका २४ उच्च अधिकारीलाई बोलाएर आयोगले सम्पत्ति विवरणको फेहरिस्त मागेको हो ।
अख्तियारको छानबिनको दायरामा रहेकामध्ये सोमबारसम्म ८० जनाले आयोगका अनुसन्धान अधिकृतसँग प्रारम्भिक बयान अधिकृतसँग प्रारम्भिक बयान दिएका छन् । बयानसँगै आयोगले १३ पृष्ठ लामो सम्पत्ति विवरण फारममार्फत आफन्तको विवरण र आर्थिक हैसियत मागेको हो ।
सम्पत्ति विश्लेषण फाराम नाम दिइएको सो फारममा एकाघरका परिवार सदस्यसहित मावली, ससुराली, साला-साली, साढुभाई-साढुदाइ, भान्जा-भान्जी, दिदी-बहिनीजस्ता नातेदारको सम्पूर्ण आर्थिक विवरण भर्नुपर्ने उल्लेख छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger