Widgets

Home » » को बन्ला उत्कृष्ट खेलाडी ?

को बन्ला उत्कृष्ट खेलाडी ?

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१८ असार, काठमाण्डौं । पल्सर स्पोर्ट्स अवार्डको ११ औं संस्करण आज हुँदैछ । विश्व खेलकुद पत्रकार दिवसको अबसर पारेर ८ विधामा खेलाडी र खेलकर्मीलाई पुरस्कृत गर्न लागिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकसँगै लोपि्रय, पारा एथलिट, विशेष पुरस्कार तथा लाइफटाइम एचिभमेन्ट विधा समावेश छन् । विशेष, पारा एथलिट र लाइफटाइम एचिभमेन्ट अवार्डको घोषणा नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो हुने कार्यक्रममै हुनेछ भने ५ विधाको मनोनयन यस अघि नै सार्वजनिक भइसकेको छ । उत्कृष्ट पुरुष र महिला तथा लोकप्रिय खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५०-५० हजार पुरस्कार पाउनेछन् ।
Vote-for-nominie
उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका पारस र बसन्त रेग्मी, एथलेटिक्सका तिलकरामथारु, फुटबलका भरत खवास तथा करातेका सुनील लामा परेका छन् ।
महिलाको उत्कृष्टको मनोनयनमा करातेकी गंगादेवी अधिकारी, फुटबलकी अनु लामा र जमुना गुरुङ, उसुकी झरना गुरुङ तथा पौडीकी श्रेया धिताल छन् ।
त्यस्तै पौडीका शिरीष गुरुङ, उसुकी चाहना बम्जन लामा, क्रिकेटका आकाश विष्ट, फुटबलकी निरु थापा र ब्याडमिन्टनका रन्तजित तामाङ उत्कृष्ट युवा खेलाडीको
मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा क्रिकेटका पुबुदु दासानायके, उसुका युवराज गुरुङ, करातेका अक्बर शाह, पौडीका वाङ्देन लामा एथलेटिक्सका नरबहादुर शाही रहेका छन् ।
यस्तै लोकपि्रय खेलाडीको मनोनयनमा क्रिकेटका कप्तान पारस खड्का, फुटबलर जगजित श्रेष्ठ, पौडीका शिरिष गुरुङ, उसुकी झरना गुरुङ र एथलेटिक्सकी केशरी चौधरी रहेकी छिन् । एसएमएस र फेसबुक भोटिङका आधारमा लोकपि्रय खेलाडी चयन गरिनेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger