Widgets

Home » » गोली प्रहारबाट गुण्डा नाइके ‘चरी’ घाइते

गोली प्रहारबाट गुण्डा नाइके ‘चरी’ घाइते

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ असार, काठमाण्डौ । गुण्डा नाइके एवम् एमाले युवा संघ धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष दिनेश अधिकारी ‘चरी’ आफ्नै समूहका असन्तुष्ट व्यक्तिहरुको गोली प्रहारबाट घाइते भएका छन् ।
chariप्रेस चौतारी नेपाल धादिङले धादिङबेसीमा गरेको पत्रकार सम्मान कार्यक्रममा सहभागी भएर काठमाडौँ र्फकंदै गर्दा चरी सवार गाडीमा गएराति करिब साढे नौ बजेरित न्हैकापमा गोली प्रहार भएको हो । गाडीको सिसा छिचोलेर गएको गोली चरीको दाहिने पाखुरामा लागेको छ । गाडी चरी आफैंले चलाएका थिए । चरीसँगै गाडीमा रहेका अरु चार जना सकुशल छन् । चरीको त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनापछि चरीको गाडीको ठक्करबाट आक्रमणकारीमध्येका राजेन्द्र लामा घाइते भएका छन् ।
‘म प्रेस चौतारीको कार्यक्रमबाट काठमाडौँ र्फकंदै थिएँ, अनलाइनखबरसँग कुरा गर्दै चरीले भने, ‘१५/२० जनाको समूह बाटो कुरेर बसेको रहेछ । मलाई देख्ने बित्तीकै गाडीमा गोली हाने ।’
घटनामा संलग्नलाई आफूले चिनेको उनले बताए । चरी काठमाडौँको नयाँबजार र बालाजु क्षेत्रलाई आधार बनाएर संगठित गुण्डागर्दी गर्दै आएका छन् ।
उनीविरुद्ध प्रहरीमा आधा दर्जन बढी मुद्धा छन् । चरी प्रहरीको फरार सूचीमा छन् । प्रहरीबाट जोगिन उनी एक वर्षअघि एमाले प्रवेश गरेका हुन् । त्यसयता उनी खुलेआम गुण्डागर्दीमा संलग्न रहँदै आए पनि एमाले नेताहरुको दबाबमा प्रहरीले पक्रन सकेको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger