Widgets

Home » » एक पेशा चार वर्षपछि लागू हुने

एक पेशा चार वर्षपछि लागू हुने

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ असार, काठमाडौं । दर्तावाल लेखापरीक्षकको संगठन अडानले आन्दोलन चर्काएपछि लेखा व्यवसायीको नियामक आइक्यानले एक व्यक्ति एक पेशाको व्यवस्था पूर्णत लागू गर्ने मिति चार वर्ष पछि सार्ने निर्णय गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स नियमावलीमा यही साउन १ मा त्यस्तो व्यवस्था लागू हुने उल्लेख छ ।
icanदर्तावाल लेखापरीक्षकले यो व्यवस्थालाई पछि सार्न माग गर्दै आन्दोलन गरिरहेका थिए । चार्टर्ड एकाउन्टेन्टको संघ एक्यान र सीए विद्यार्थीहरुको संगठनले नियमावलीको व्यवस्था लागू हुनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । दुईतर्फी दबाबको कारण निर्णय लिन नसकेको आइक्यान परिषदले तेस्रो पटकको बैठकमा शुक्रबार उक्त निर्णय गरेको हो ।
परिषद्को निर्णयअनुसार, यो साउन १ गते ५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्था र दुई करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने निजी कम्पनीमा मात्र एक व्यक्ति एक पेशा लागू हुनेछ । क्रमशः दायरा फराकिलो पार्दै २०७४ साउनदेखि मात्र पूर्ण लागू हुने सहमति गरिएको छ । नियमावलीअनुसार सीएको हकमा दुई वर्षअघि एक पेशा पूर्णतः लागू भइसकेको छ ।
लेखा व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बनाउन आइफ्याकसँग नेपालले गरेको प्रतिवद्धता पूरा गर्न एक पेशाको व्यवस्था लागू गरिएको हो । तर दर्तावाल लेखापरीक्षकले विरोध गरेपछि यसलाई केही समय पछि सारिएको छ । आइक्यानको सिफारिशमा अर्थ मन्त्रालयले नियमावलीमा परिवर्तन गरेपछि नयाँ व्यवस्था लागू हुनेछ । दर्तावाल लेखापरीक्षकमा सरकारी कर्मचारीको संख्या उल्लेख्य रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger