भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ असार, काठमाण्डौं । पाँच बर्ष दुर्गममा बस्ने प्रतिबर्द्धता गरेर सरकारको पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढेका चिकित्सकहरु पढाई सकिएपछि दुई बर्षका लागि दुर्गम जान पनि अटेर गरिरहेका छन् ।
मध्यजेठमा शिक्षा मन्त्रालयले विभागको सम्पर्कमा खटाएका ४० मध्ये आधाभन्दा बढी चिकित्सकले जिल्ला परिवर्तन गराएर सुगम सरिसकेका छन् । विभागले पछिल्ल्ोपटक जाजरकोट, संखुवासभा, गुल्मी, बर्दिया, सगरमाथा अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा खटाएका चिकित्सकले पत्र नबुझेको विभागका उपसचिव पुष्प कटुवालले बताए । पत्र बुझ्न नमानेका चिकित्सक रोजेको जिल्ला जान राजनीतिक र प्रशासनिक दबाब दिन दिनहुँजसो मन्त्रालय या विभागमा भेटिने गरेको अधिकारीहरु नै बताउँछन् । विभाग अधिकारीले गाउँ जान अटेरी गर्ने चिकित्सकको नाम दिन भने नमानेको नागरिक दैनिकमा खबर छ ।
छात्रवृत्ति ऐन २०२१ अनुसार छात्रवृत्तिमा पढेका विद्यार्थीले पाँच बर्ष अनिवार्य सरकारले खटाएको ठाउँमा काम गर्नुपर्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.