Widgets

Home » » सर्वोच्चको आदेश मधेस विरोधी भएको सद्भावनाको आरोप

सर्वोच्चको आदेश मधेस विरोधी भएको सद्भावनाको आरोप

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ साउन, काठमाडौं । सद्भावना पार्टीले नागरिकताबिना मतदाता नामावलीमा नाम नलेखाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको विरोध गरेको छ । सर्वोच्चको आदेश संविधान विपरित र मधेस विरोधी भएको उसले बताएको छ ।
rajendra mahatoचबवभलमचब सद्भावनाका अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ-’अन्तरिम आदेश आसन्न संविधान सभाको निर्वाचनलाई स्वच्छ, पारदर्शि र सहभागितामुलक बनाउने उद्देश्य र नेपालको अन्तरिम संविधान विपरित गरिएको घोर अलोकतान्त्रीक गैर संवैधानिक निर्णय रहेको छ ।’
सर्वोच्चको आदेशले आदेशले मधेशी, दलित, आदिवासी जनजाती लगायतका समुदायलाई राज्यको मुलधारबाट बहिष्कृत गर्ने कार्यलाई थप बल पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ । नागरिकता नभएकालाई पनि मतदाता परिचय पत्र दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश सुशीला कार्कीको इजलासले मंगलबार नागरिकताबिना परिचय पत्र बनाउने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger