भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ साउन, स्याङजा । स्याङ्जाको वालिङ नगरपालिका-१ भुम्रेमा स्थानीय टिकीमाया विकको घरमा आगो लगाइदिने विनोद विकलाई प्रहरीले मङ्गलबार साँझ पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार व्यक्तिगत रिसइवीका कारण विकले मदिरा सेवन गरेर टिकीमायाको घरमा आगो लगाइदिएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार विकले टिकीमायाको घरमा साउन १२ गते राति साढे १२ बजेको समयमा आगो लगाइदिएका थिए । आगलागीबाट अन्नपात, गरगहना, भाँडाकुँडा गरी कुल तीन लाखभन्दा बढीको मालसामान र एकतले टिनको छाना भएको घर ध्वस्त भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
पक्राउ परेका विकलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
यसैबीच, वालिङ-३ स्थित वीरेन्द्र रानाको घरको झ्यालमा रङ्गरोगन गर्ने क्रममा तीनतला माथिबाट खसेर मङ्गलबार एक भारतीय कामदार गम्भीर घाइते भएका छन् ।
भारतको वाल्मीकि नगर स्थायी घर भई वालिङमा मजदुरी गर्दै आएका १८ वषर्ीय त्रिभुवन शाहको दाहिने खुट्टा भाँच्चिएको र कम्मर मुनिको भाग नचलेकोले थप उपचारका लागि पोखरा पठाइएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.