Widgets

Home » » बैद्यले शीर्ष नेतृत्वलाई सिध्याउन लागेको प्रचण्डको सूचना

बैद्यले शीर्ष नेतृत्वलाई सिध्याउन लागेको प्रचण्डको सूचना

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ साउन, काठमाण्डौ । के एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको शीर्ष नेतृत्वलाई चुनावको मुखमा बैद्य समूहबाट ज्यान लिने तहसम्मको खतरासम्बन्धी सूचना पाएकै हुन ? उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतवारको बैठकमा उनले गरेको यससम्बन्धी रिपोर्टिङ सवैलाई झस्काउने खालेको थियो ।
‘ठूलै म्यासेज दिन उपल्लो तहका नेतालाई नै सिध्याउने योजना बनाएका छन, यसो गर्दा भयंकर प्रचार हुने र चुनाव बिथोल्न ठूलो मसला पनि मिल्ने उनीहरुको सोचाई छ ।’ प्रचण्डले वैठकमा यस्तो रिपोर्ट गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकलेा छापेको छ ।
prachanda-and-baidya
आफ्नो भनाईलाई पुष्टी गर्न उनले महोत्तरीमा अघिल्लो साता तराईको एउटा शसस्त्र समूहले फोरम कार्यकर्तामाथि गोली प्रहार गरेको र बझाङमा बैद्य समूहले काँग्रेसका क्षेत्रीय सदस्यमाथि गम्भीर आक्रामण गरेको घटना बिबरण प्रस्तुत गरेका थिए ।
‘दिल्लीमा सम्पन्न १२ बुँदै सम्झौतादेखि नै भाँडिएका हुन, त्यहीँबाट गल्ती भयो र त्यसलाई सच्चाउनुपर्छ भन्ने उनीहरुको छ, यीनले चुनावको कुरा त गर्छन तर भाग लिंदैनन ।’- प्रचण्डको निष्र्कष थियो ।
बिजयकुमार गच्छदारले पनि जेपी गुप्ताले तराईका पाँच जना नेतालाई रातो घेरा लगाएर थ्रेट गरेको भन्दै चुनाव नचाहाने तत्वले आफुहरुमाथि खतरा निम्त्याएको बताएका थिए । फिल्डमा खट्ने तल्लो तहका कार्यकर्ता र मतदाताको सुरक्षाबारे उदासीन रहँदै एकोहोरो चुनावी रटान लगाइरहेका यी नेता आफ्नै सुरक्षा खतराको थोरैमात्र संकेत पाउँदासमेत यसरी आत्तिएका हुन् ।
यसअघि अशोक राईको जातीय पार्टी र उपेन्द्र यादवको क्षेत्रीय पार्टीले कुनै हालतमा चुनाव रोक्न जस्तोसुकै कदम चाल्ने धम्की दिंदा नपत्याएका ठूला दलहरुले बादलले रत्नपार्कमा नक्कली मतपेटिका फुटाएपछि उनीहरुको सातो गएको समाचारमा उल्लेख छ ।
बैद्यको संगठन सैन्य संरचनामा
यसैवीच नेकपा-माओवादीले मंसिर ४ को चुनाव हुने र राज्यसंग टकराव बढ्ने निष्र्कष निकाल्दै आफ्नो संगठनलाई अर्धसैन्य संरचनामा लैजान थालेको छ । एक राज्यसमितिमा एक प्लाटुन निर्माण गरी हाल तालिम सुरु गरिसकेको र त्यसैलाई बढाएर डिभिजन तहसम्म लैजाने योनामा बैद्य समूह रहेको जनआस्था साप्ताहिकले छापेको छ । यसबारे सोमबार तालिम र प्रशिक्षण भएको र त्यहाँ नेताहरुले तत्काल नेता कार्यकर्ताको जीवनशैली र बसोबास तत्काल बिकेन्द्रीत गर्ने, चर्को आर्थिक चलखेल गर्ने, बिचौलिया दलालमाथि अर्धभूमिगत शैलीको कारवाही गर्ने र कारवाहीमा संलग्नहरुको परिचय गोप्य राख्ने निर्देशन दिएको तालिममा सहभागी एक कार्यकर्तालाई उदृत गर्दै समाचारमा जनाइएको छ ।
माओवादीले हरेक क्षेत्रमा राजनीतिक रुपमा निर्वाचन बहिस्कार दल र फौजीरुपमा युवा प्रतिरोध दल निर्माण गरिसकेको छ । बहिस्कार दलको नेतृत्व जिल्लाले र प्रतिरोध दलको नेतृत्व जनस्वयंसेवक दस्तामा संलग्न पूर्व लडाकू कमाण्डर वा लडाकू स्वभावका कार्यकर्ताले गर्ने गरी जिम्मेवारीसमेत बाँडफाँड भइसकेको जनाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger