Widgets

Home » » ईपीएस कोटा १५ हजार बाँकी

ईपीएस कोटा १५ हजार बाँकी

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Korea

दक्षणि कोरिया सरकारले २०१३ को लागि निर्धारण गरेको ईपीएस कोटा अब १५ हजार बाँकी छ । यहाँको साना तथा मझौला उद्योगहरूमा आवश्यक अदक्ष कामदार आपूति गर्न सरकारले २०१२ को सेप्टेम्बरमा ६२ हजार कोटा निर्धारण गरेको थियो । यसमध्ये १६ हजार कोटा वितरण गरिएको थियो । बाँकी रहेको ४६ हजार कोटालाई प्रत्येक तीन महिनामा वितरण गर्ने गरी गत जनवरी पहिलो सातामा वर्गीकरण गरिएको थियो । सरकारले यसअघि वार्षिक कोटालाई छ/छ महिनामा वितरण गर्दै आएको थियो । औद्योगिक उत्पादन क्षेत्रका लागि रहेको १५ हजार कोटामध्ये तेस्रो त्रैमासिकको ७ हजार ५ सय कोटा जुलाईबाट वितरण्ा गर्न यहाँको श्रम तथा रोजगार मन्त्रालयले कार्यक्रम सार्वजनिक गरेको छ । कृषि, मत्स्यपालन, कन्स्ट्रक्सन र सेवा क्षेत्रको कोटा पहिलो र दोसो त्रैमासिकमै समाप्त भइसकेकाले पछिल्लो दुई चरणमा यी क्षेत्रमा कामदारको माग हुने छैन । मन्त्रालयको सूचनाअनुसार जुलाई ३ देखि १० सम्म रोजगारदाताहरूबाट निवेदन आह्वान गर्ने, जुलाई १२ देखि १९ सम्म रोजगारदाताहरूको छनबिन गर्ने, जुलाई २२ दिनको २ बजे योग्य रोजगारदाताको नामावली प्रकाशन र जुलाई २४ देखि २६ सम्म छनोटमा परेका रोजगारदातालाई श्रम अनुमति वितरण गरिने जनाइएको छ । यस पछि मात्र कामदारसँग श्रम सम्झौता हुने भएकाले प्रतीक्षा सूचीमा रहेकाहरूले तीन साता पर्खनुपर्ने भएको छ । चौथो त्रैमासिकको ७ हजार ५ सय कोटाका लागि भने अक्टोबरमा अर्को कार्यक्रम प्रकाशित हुने छ । कोरिया सरकारले २०१३ का लागि छुट्याएको कोटा समाप्त हुन लागेपछि तेस्रो भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया आउन बाँकी रहेका नेपाली युवाहरूले विरोध कार्यक्रम गर्दै आएका छन् । एक चोटि निर्माण गरिएको रोस्टर २ वर्षका लागि मात्र मान्य भएकाले बाँकी रहेकाले रोजगारी गर्न कोरिया जान पाउनुपर्ने माग गर्दै आएका छन् । समस्या समाधान गर्न सरकारले कूटनीतिक पहल नगरे अझ कडा विरोधका कार्यक्रम गर्ने जनाएका छन् । उनीहरूको विरोध कार्यक्रमले चौथो भाषा परीक्षाको घोषणासमेत प्रभावित भएको छ । कोरिया सरकारको प्रतिनिधिका रूपमा मानव संशाधन विकास केन्द्र (एचआरडी) ले तेस्रो भाषा परीक्षा २०११ मा सञ्चालन गरेको थियो । यस परीक्षाबाट १५ हजारभन्दा बढी परीक्षार्थी उत्तीण्र भएका थिए । तीमध्ये करिब ९ हजार नेपाली युवाहरू कोरिया आएका छन् भने रोस्टरमा ६ हजार ५ सय बाँकी नै छन् । 'भाषा परीक्षा उत्तीण्र गर्दैमा रोजगारीको ग्यारेन्टी हुने छैन,' परीक्षा आवेदनमा र दुई देशबीच भएको ईपीएससम्बन्धी एमओयूमा उल्लेख छ । रोस्टरबाट कामदार छान्ने सम्पूर्ण अधिकार रोजगारदाताको हुने गर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger