Widgets

Home » » दूध पाइँदैन, मदिरा छ्यापछ्याप्ती

दूध पाइँदैन, मदिरा छ्यापछ्याप्ती

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Alchohal

बाजुरा, श्रावण ५ - काठमाडौंदेखि पहिलो पटक बाजुरा आएका विकासे कार्यकर्ता प्रद्युम्न अधिकारीले यहाँ बस्दाको अनुभव भिन्दै छ । उनी आफ्नो अनुभव यसरी साट्छन्, 'बाजुरामा त दूध पाउन मुस्किल, मदिरा त जहाँसुकै पाइदो रहेछ ।' हुन पनि यस जिल्लामा घरेलु उत्पादित वा आयातित मदिरा नपाइने कुनै गाउँ/टोल नै छैन । अधिकांश जनसंख्या कृषि तथा पशु व्यवसायमा निर्भर भनिए पनि दूध पाउन भने मुस्किल पर्छ । सदरमुकाम मार्तडी या ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार दुग्धजन्य पदार्थ पाइँदैन । दूध र त्यसबाट उत्पादन हुने परिकार दही, घिउ, महीलगायतका पदार्थ विगतको तुलनामा घट्दै गएको स्थानीय बासिन्दा बताउँछन् । 'दुग्धजन्य पदार्थको स्थान मदिराले लिएको छ,' कुल्देवमाडौंका स्थानीय बासिन्दा हिक्मत थापाले भने । गाउँघरका बुढापाकाहरू अहिलेको अवस्था देखेर अचम्मै लाग्ने गरेको बताउँछन् । 'हामी बैंसमा हँुदा सबैजसोले गाईभैंसी पाल्थे, दूधदही अघाउञ्जेल खान्थ्यांै । तर अहिलेका युवाहरू एकाबिहानै भट्टी पसलमा भेटिन्छन्,' कैलाशमाडौंका ८३ वषर्ीय लालवीर बुढाले भने । जिल्ला पशुसेवा कार्यालयका प्राविधिकहरूसमेत जिल्लामा दुग्ध उत्पादन घटेको स्विकार्छन् । 'चालु आर्थिक वर्षमा करिब एक हजार मेटि्रकटन दूध उत्पादन हुने अनुमान छ,' कार्यालयका मेगेन्द्र हमालले भने । गाउँघरमा प्रायः सबैजसोले गाईभैंसी पाल्ने गरेपनि उनीहरू व्यावसायिक हुन नसकेको पशु प्राविधिक बताउँछन् । दुग्धजन्य पदार्थ बिक्री गर्ने किसानले भैंसीको दूध मात्रै बिक्री गर्दछन् । 'गाईको दूध बिक्री गर्ने किसान यस जिल्लामा भेटिदैनन्,' कार्यालयका अर्का प्राविधिक सिद्धराज जैशीले भने । दुग्धजन्य पदार्थ नपाइए पनि मदिरा जहाँसुकै पाइने गरेको प्रहरीसमेत स्विकार्छन् । दुई वर्षअघि यस जिल्लामा मदिराको बिक्री वितरण खुला गरिएपछि छ्याप्छ्याप्ती भएको जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक ईश्वरीदत्त पाण्डेले बताए । अवैध रूपमा उत्पादन गरिने घरेलु र शिलबन्दी भनिने मदिराको बिक्री वितरण निर्वाध रूपमा भइरहेको स्थानीय बासिन्दा बताउँछन् । कानुनी प्रावधानअनुसार घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गर्नै पाइँदैन भने इजाजत प्राप्त मदिराको कारोवार गर्न पनि निश्चित समय र स्थान तोकिएको छ । तर कानुनको कार्यान्वयन भएको पाइँदैन । प्रहरी नायव निरीक्षक पाण्डे भन्छन्, 'प्रहरीले बारम्बार नियन्त्रण तथा व्यवस्थित बिक्री वितरणको प्रयास गरे पनि सन्तुष्ट हुने अवस्था छैन ।' मदिरा बिक्री वितरणको इजाजत दिने निकाय कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लामा हाल ३ सय ५२ जनाले अनुमति लिएर मदिराको कारोबार गरिरहेका छन् भने अनुमति बेगर पनि मदिराको कारोवार गर्नेहरूसमेत प्रशस्तै भएको कोेलेनिकाका कर्मचारी बताउँछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger