Widgets

Home » » नायिका सोनम कपुरको पारिश्रमिक ११ रुपियाँ

नायिका सोनम कपुरको पारिश्रमिक ११ रुपियाँ

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउडमा अचेल फिल्मको सामान्य व्यापार भनेकै सय करोड हो। यस्तोमा कलाकारको पारिश्रमिक कति होला? बलिउडमा खेल्ने कलाकारको पारिश्रमिक सरदरमा करोडभन्दा माथि नै हुने गरेको छ। तर अचम्म लाग्न सक्छ नायिका सोनम कपुरले एक फिल्ममा अभिनय गरेवापतको पारिश्रमिक जम्मा ११ रुपियाँ मात्रै पाएकी छिन्। उनले अभिनय गरेको फिल्म 'भाग मिल्खा भाग'मा अभिनय गरेको पारिश्रमिक केबल ११ रुपियाँ पाएकी हुन्। सोनमले केही समय अघि मात्रै कुनै एउटा हिट फिल्मको खोजीमा रहेको बताएकी थिइन्। उनले आफ्ना समकक्षी नायिकाहरुको प्रगति राम्रै भए पनि आफूले खासै प्रगति गर्न नसकेकोमा आफूलाई हिट फिल्म चाहिएको बताएकी थिइन्। आगामी २८ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्म तिहारको एउटा हिस्सा बन्नेमा उनले विश्वास व्यक्त गरेकी छिन्। भारतका महान एथ्लेट मिल्खा सिंहको जीवनमा आधारित भएर बनेको फिल्मले सोनमलाई अर्को उचाई दिनेमा उनी स्वयम विश्वस्त छिन्। आफूले हिट फिल्म खोजेको समयमा यस्तो फिलम पाएकोले उनलाई पैंसाको भन्दा पनि सफलताको महत्व बढी भएको हो। यो एउटा महान व्यक्तिको जीवनमा आशारित फिलम हो। यो इतिहासकै एक पाटो बन्नेमा म विश्वस्त छु' -उनले भनेकी छिन्। फिल्मको मुख्य भूमिकामा फरहान अख्तर देखिनेछन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger